चीनको आफ्नै खोप प्रभावकारी नभएकै कारण दिनहुँ लाखौं कोरोना संक्रमीत बढ्दै गएकोप्रति विश्व समुदायको ध्यानाकर्षण बढेको छ ।
स्वदेश निर्मित अरबौं खोप लगाएपनि चीनको बेइजिङ सहरमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ। जाडो याममा श्वासप्रश्वास सम्बन्धी संक्रमणसँगै रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर संक्रमण बढ्दै गएको बताए।



बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको संक्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको थियो, तर उनीहरू सबै उपचारपछि संक्रमणबाट निको हुँदै गएका छन्।
बेइजिङ चाओ–याङ अस्पतालका उपाध्यक्ष तोङ झाओहुइका अनुसार अस्पतालमा पछिल्ला दिनमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपतकालीन अवस्थाका बिरामी आउने गरेका छन्। विश्वभरि चिनियाँ खोप पठाएको चीन आफै कोरोना संक्रमणले त्रास भएपछि विश्व समुदायको ध्यानाकर्षण भएको छ । साथै भारत र नेपालले त संक्रमणबाट बच्न गाइडलाईन समेत जारी गरिसकेका छन।



