देशभक्त नागरिकको आकर्षण मप्रति छः स्वतन्त्र उम्मेदवार खड्का

२०७९ कार्तिक १७, बिहीबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक १७
रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशव विक्रम खड्काले आगामी मंसिर ४ मा हुने निर्वाचनमा देशभक्त नागरिकले आफूलाई मतदान गर्ने र निर्वाचित गराउने विश्वास व्यक्त गरेका छन् । उनले आफू निर्वाचनमा होमिँदै गर्दा मतदाताहरुले आफ्नो एजेण्ड र राष्ट्रप्रेम देखेर उत्साहित भएको जनाए ।

बिहीबार भैरहवामा पत्रकारहरुसँग छलफल गर्दै खड्काले राजनीतिक दल र तिनका नेताहरुकै कारण आमनागरिकमा वितृष्ण पैदा भएको, मुलुक आर्थिक संकटमा परेको जनाउँदै यसपटक स्वतन्त्र उम्मेदवारहरुप्रति देशभर नै लहर चलेको दावी गरे ।
मुलुकको विग्रँदो स्थिति देखेर आफू निर्वाचनमा होमिएको जनाउँदै स्वतन्त्र उम्मेदवार खड्काले आमनागरिकको भरोसालाई कत्ति पनि तलमाथि हुन नदिने गरी आफूले काम गर्ने बाचा गरे । ‘राष्ट्रप्रेम भएका सबैजनाले मलाई मतदान गर्नुहुनेछ, उहाँहरुको विश्वासलाई मैले तलमाथि हुन दिनेछैन, यो मेरो प्रतिबद्धता मात्रै होइन्, प्रण पनि हो ।’ खड्काले दलहरुको सुशासनहीन गतिविधिले सबै नेपाली निरास भएको जनाए।
‘किसान, उद्योगी, व्यवसायी, विद्यार्थी, सर्बसाधरण सबैको समस्या जहाँको त्यही छन्, नेताहरुले खाली आफ्नो मात्रै समृद्धि हेरेका छन’, खड्काले भने, ‘यस्तो स्थिति देखेर मेरो मात्रै होइन्, सबै नेपालीहरुको मन भतभती पोलेको छ, यसै कारण पनि मप्रति धेरैको माया, सद्भाव बढेको छ, मलाई जिताउन कोही खुलेर त कोही भित्रभित्रै लागिरहनुभएको छ ।’ खड्काले मुलुकको आर्थिक विकास, सुशासन र समृद्धिका लागि स्वतन्त्रको जित जरुरी रहेको बताए ।

राष्ट्र, राष्ट्रियता, एजेण्डाअनुसार आफ्नो कुनै प्रतिस्पर्धी नरहेको जिकिर गर्दै खड्काले दलहरुले जस्ता हावादारी योजना आफूले अघि नसारेको जनाए । ‘मैले गर्न सकिने, मुलुक र जनताको भलो हुने योजना मात्रै अघि सारेको छु,’, उनले भने, ‘दलहरुले विगतमा जस्तै जनतालाई भ्रममा पार्ने गरी योजना ल्याएका छन् । यसबाट सबै सचेत हुनुपर्छ, काम गर्न सक्नेलाई यसपटक अवसर दिनुपर्छ भन्ने मेरो आग्रह छ ।’

क्रस खुकुरी चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका खड्का सफल व्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय