आफ्नो नयाँ टिम लिएर येनान पुगे सी

२०७९ कार्तिक १०, बिहीबार
पढ्ने समय : < 1 मिनेट

कात्तिक १० ,
तेस्रो पटक चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चयन भएलगत्तै सी चिनफिङ आफ्नो टिम लिएर क्रान्तिकालीन किल्ला येनान फर्किएका छन्।
आइतबार तेस्रो पटकका लागि सीपीसीको शक्तिशाली महासचिव र केन्द्रीय सैन्य आयोगको अध्यक्ष चयन भएका सीले आगामी मार्चबाट राष्ट्रपतिको तेस्रो कार्यकाल सुरु गर्दैछन्।
शनिबार सम्पन्न सीपीसीको २०औँ महाधिवेशनले पार्टीको विधानमै सी विचारधारा कायम गर्दै उनलाई शक्तिशाली सर्वोच्च नेता बनाएको छ। साथै सीले पार्टीको शक्तिशाली स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा निकै बलियोगरि आफ्नो पकड बनाएको मानिएको छ।

चीनमा माओपछिकै शक्तिशाली रुपमा सीको उदय भएको ठानिएका बेला बिहीबार उनी सात सदस्यीय स्थायी समितिको टिम लिएर सान्सी प्रान्तको येनान पुगेका हुन्।

सीको साथमा स्थायी समितिका सदस्यहरू ली चियाङ, झाओ लेजी, वाङ हुनिङ, चाइ छी, दिङ सुएङ र ली सी छन्।

चीनमा युद्धका बेला माओले बासस्थान बनाएको र सीपीसीको ७ औँ महाधिवेशन स्थल येनान अहिले क्रान्तिकारी स्मारक स्थलका रुपमा चिनिन्छ, सी माओप्रति श्रद्धाञ्जली अर्पण गर्न त्यहाँ फर्किएका हुन्।

सीले आर्थिक सुधारका पक्षधर नेताहरूलाई किनारा लगाएर माओवादी कट्टर लाइन समातेको चर्चा भइरहेका बेला येनान पुगेर त्यसलाई पुष्टि गर्न खोजेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय