भदौ २८
सभामुख अग्निप्रसाद सापकोटाले नेपाल ‘एक चीन’ नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुसँगको द्विपक्षीय प्रतिनिधि मण्डलस्तरीय भेटवार्तामा सभामुख सापकोटाले एक चीन नीतिको बारेमा ढुक्क रहनका लागि आग्रह गरेका हुन् ।



उक्त प्रतिनिधि मण्डल स्तरीय भेटवार्तामा सहभागि संघीय संसद्का एक उच्च पदाधिकारीका अनुसार सभामुख सापकोटाले अरनिको राजमार्गदेखि कोभिड–१९ को खोप सहयोग लगायतका विषयमा चर्चा गर्दै चीन अहिले अझ सहयोग गर्न सक्ने स्थितिमा पुगेको उल्लेख गरेका थिए । ‘चीनले पहिलेदेखि नै नेपाललाई सहयोग गर्दै आइरहेको छ । अहिले त झन् बलियो स्थितिमा पुगेको छ,’ सभामुख सापकोटालाई उद्धृत गर्दै ती उच्च पदाधिकारीले भने ।
जवाफमा चिनियाँ अध्यक्ष ली ले दशैं पर्वअघि नै नाकालाई सहज बनाइने जानकारी दिए । ती उच्च पदाधिकारीका अनुसार लीले नाका खुलाउनेदेखि संसद्लाई सहयोग गर्ने, केरुङ–काठमाडौं रेलमार्ग निर्माणलाई अघि बढाउने लगायत विषयमा चर्चा गरेका थिए ।



