पुस ३
काठमाडौँ– नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै नेपाल डेमोक्रेट युनियनले शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । चीनले नेपाल र अमेरिकाबीचको सम्बन्ध बिगार्न गुप्तचर परिचालन गरेको युनियनका प्रेसिडेन्ट सिद्धार्थ गौतमले दाबी गरेका छन् । उनले नेपालमा स्टेशन बनाएर परिचालित चिनियाँ गुप्तचरको चिनियाँ परिचय पत्र नम्बरसमेत सार्वजनिक गरेका छन् ।
चीनले एमसीसीविरुद्ध गलत प्रचार गरेको, नेपालका दलहरुमा आन्तरिक झगडा लगाएकोसमेत युयिनको आरोप छ । भैरहवामा चिनियाँ झण्डा फहराएर चीन ले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको युनियनले आरोप लगाएको छ ।
युनियनले हुम्ला, रसुवा, दोलखा, मुस्ताङ लगायतका जिल्लामा नेपाली भूमि मिचेको भन्दै युनियनले सांसदहरुको ध्यानाकर्षणसमेत गराएको छ।



विज्ञप्ति
प्रेस विज्ञप्ति तथा माननीय सांसदहरूको ध्यानाकर्षणका लागि शांतिपूर्ण विरोध प्रदर्शन।
चिनियाँ कम्युनिष्ट हस्तक्षेप
बन्द गर! बन्द गर!
सर्वसत्तावादी कम्युनिष्ट चीनले विभिन्न जिल्लामा नेपालको सीमा अतिक्रमण गुर्नका साथै नेपालको अस्मिता, सामाजिक सद्भाव र अन्तर्राष्ट्रिय सम्बन्ध खल्बल्याउने उद्दश्यले गरी रहेको चौतर्फी हस्तक्षेपको नेपाल डेमोक्रेट युनियन घोर भर्त्सना गर्दछ। हुम्ला, मुस्ताङ, गोर्खा, रसुवा, दोलखा लगायतका जिल्लामा नेपालको हजारौं विघा जमीन कब्जा गरेको कम्युनिष्ट चीनले गत महिना भैरहवा विमानस्थलमा चिनियाँ झण्डा फहराएर नेपाललाई आफ्नो अधीनस्थ मुलुक देखाउँदै दुस्साहस गरेको थियो।
नेपालको सार्वभौमिकतामाथि आक्रमण गर्ने साथै कुनै पनि हालतमा एमसीसी पारित हुन नदिन र विश्वका सबै प्रजातान्त्रिक मुलुकहरु र त्यसमा पनि अमेरिकासँग नेपालको सम्बन्ध विथोल्न आफ्नो गुप्तचर एजेन्सी (एमएसएस) मार्फत दुष्प्रचार र कुसूचनाको बाढी चलाएको छ।
यसका लागि विभिन्न पार्टी, कतिपय नेताहरु, बुद्धिजीवी र अन्य पेशागत समुदायमा चिनियाँ मुद्रा आरएमबीको खोलो बगाइएको छ भने एमसीसीका नाममा विभिन्न पार्टीहरुमा झगडा लगाउने, पार्टी फुटाउने, सामाजिक द्वन्द्व सृजना गर्ने मात्र होइन, निकट भविष्यमै देशमा व्यापक मात्रामा तोडफोड, हिंसा, आगजनी, मारपीट र रक्तपात समेत गराउने योजनाका साथ काम भई रहेको बुझिएको छ। यसका निम्ति चिनियाँ गुप्तचर एजेन्सी एमएसएसको अधिकृत लिंग उर्फ अ‘ास्कर निङ (जो दुई पासपोर्टधारी हो पीई ण्घछण्घढद्द, पीई ज्ञठघद्दठ ठढ र जसको चिनियाँ राष्ट्रिय परिचय पत्र नं द्धद्दण् छण्द्दज्ञ ढडद्ध ण्डज्ञ टद्धडज्ञघ हो) ले काठमाडौंमा स्टेशन स्थापना गरी कोभर्ट अपरेशन चलाई रहेको छ। नेपाललाई हर दृष्टिले पंगु बनाएर समग्र राष्ट्रिय एकता कमजोर बनाउने र अन्ततः आफ्नो अधीनस्थ मुलुकमा परिणत गर्ने कुत्सित योजनाका साथ अघि बढेको कम्युनिष्ट चीनको यस प्रकारको नांगो एवं निर्लज्ज हस्तक्षेपबाट मुलुकलाई समयमै मुक्त नगर्ने हो भने देशको भविष्य अन्धकारमय हुनेछ ।
नेपाल डेमोक्रेट युनियन, नेपाल कब्जा गर्ने नियतबाट परिचालित कम्युनिष्ट चीनको यो हस्तक्षेप प्रति नेपाली जनताका प्रतिनिधि माननीय सांसदहरुकोे गम्भीर ध्यानाकर्षण गराउँदछ। साथै, सार्वभौमसत्तासम्पन्न संसद र नेपाल सरकारलाई तत्काल स्पष्ट, कडा एवं निर्णायक कदम चालेर नेपाललाई चीनको सर्वग्रासी हस्तक्षेपबाट मुक्त गराउन जोडदार अपील गर्दछ। प्रजातन्त्रप्रेमी नेपाली जनता देशमा कम्युनिष्ट चीनको हस्तक्षेप सहन तयार छैनन् र आवश्यक पर्दा कम्युनिष्ट चीनलाई उचित जवाफ दिन तयार छन्। समग्र प्रजातान्त्रिक विश्व नेपाल र नेपाली जनताको साथमा छन्। कम्युनिष्ट सर्वसत्तावादका विरुद्ध नेपाली जनताको भावना, कदम र संघर्षलाई नेतृत्व दिन विश्व प्रजातान्त्रिक आन्दोलनसँग एकतावद्ध नेपाल डेमोक्रेट युनियन सदा तत्पर रहेको छ ।
भवदीय,
सिद्धार्थ गौतम
प्रेसिडेन्ट
मिति ः १७ डिसेम्बर, २०२१ 



