श्री पशुपति आधारभूत विद्यालयमा चारकोठे भवनको शिलान्यास

२०७९ भाद्र १४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

भैरहवा,
भदौ १४
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ पर्सास्थित श्री पशुपति आधारभूत विद्यालयमा चारकोठे भवनको शिलान्यास गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ७२ लाखको लागतमा बन्ने भवनको मंगलबार एक कार्यक्रमका बीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले गाउँपालिकामा क्याम्पस सञ्चालन गर्ने योजना रहेको बताए । उनले क्याम्पस नहुँदा उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई रोहिणी बाहिर जानुपर्ने बाध्यता भएकाले धकधईमा क्याम्पस सञ्चालन गर्ने योजना रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधारको विकासका लागि लागिपरेको बताए । उनले भने, ‘जनताको सेवा गर्ने जिम्मेवारी पाएको छु, सोहीअनुसार अघि बढिरहेको छु ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र धवलको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विरेन्द्र पासवान, समाजसेवी, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय