भारतले चिनियाँ मोबाइल कम्पनीका १२ हजार भारतीय रुपैया भन्दा सस्ता फोन बेच्नमा प्रतिबन्ध लगाउँदै

२०७९ श्रावण २४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

 

साउन २४,
भारतले चिनियाँ मोबाइल निर्माताहरूलाई १२ हजार भारतीय रुपैया भन्दा सस्तोमा मोबाइल बेच्न रोक्ने योजना बनाएको छ । १२ हजार भारतीय रुपैया भन्दा कममा मोबाइल बजारमा भारतीय ब्राण्डहरुलाई ठाउँ बनाउनको लागि सरकारले यस्तो कदम उठाउन लागेको स्रोतले बताएको हो ।

यस कदमले सायोमी जस्ता सस्तो मोबाइल विक्रीमा प्रभुत्व जमाएको कम्पनीको व्यापारमा असर पर्ने छ । सन् २०२२ जुन सम्म भारतमा विक्री भएका प्रत्येक तीन फोनमा एक फोन १२ हजार भारतीय रुपैया भन्दा सस्तो सेट थिए । तीमध्ये ८० प्रतिशत चीनमा बनेका मोबाइल रहेको बजार अध्ययता काउन्टरपोइन्टले बतायो । यससम्बन्धि व्यवस्था कुनै नीतिमार्फत लागु हुनेछ वा अनौपचारिक च्यानलमार्फत कम्पनीसम्म पु¥याइनेछ भन्नेमा हालसम्म केही स्पष्ट भएको छैन ।

नयाँ दिल्लीले यसअघि नै भारतमा संचालनमा रहेका चिनियाँ फर्महरु सायोमी र प्रतिद्वन्द्वी ओपो र भिभोमाथि अनुसन्धान गर्न थालेको छ । जसबाट कर छली तथा सम्पती शुद्धीकरणको आरोप लाग्न थालेको छ । भारत सरकारले यसअघि नै हुवावे टेक्नोलोजीको र जेडटीई कोर्पका दुरसंचार उपकरणहरूलाई अनौपचारिक माध्यमबाट प्रतिबन्धित गरेको छ । भारत–चीनबीच हिमाली सिमा क्षेत्रमा हिंसात्मक झडप भएपछि सन् २०२० को गृष्मदेखि भारत सरकारले चिनियाँ फर्ममाथि दबाब बढाएको छ । त्यसयता झण्डै ३०० एपहरु प्रतिबन्धित भइसकेका छन ।

चीनको सस्तो मोबाइलहरू भारतमा आउनुअघि लाभा र माइक्रोम्यासजस्ता भारतीय कम्पनीहरुले भारतीय मोबाइल बजारको आधा हिस्सा ओगटेका थिए । नीजि वहसमा भारत सरकारले चिनियाँ कार्यकारीहरूसँग भारतमै निर्माण इकाई खोल्न र वितरण सञ्जाल विकास गर्न आग्रह गर्ने गरेको छ । यसले भारत अझै पनि चीनको लगानी भित्र्याउन इच्छुक रहेको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय