साउन २०
परराष्ट्रमन्त्री नारायण खड्का तीन दिने भ्रमणका लागि चीन जाने भएका छन् ।



चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का मंगलबार चीन जाने भएका हुन।्
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै साउन २४ देखि २६ गतेसम्म परराष्ट्रमन्त्री खड्काले चीन भ्रमण गर्ने जनाएको छ।
उनीहरुबीच २५ गते दुईपक्षीय वार्ता हुने परराष्ट्रमन्त्रालयले जनाएको छ। यसैगरी चिनियाँ विदेश मन्त्री यीले परराष्ट्रमन्त्री खड्काको सम्मानमा भोजको आयोजना गर्नेछन्।
ताइवानको विषयलाई लिएर चीन–अमेरिकाबीच विवाद चुलिईरहेका बेला हुन लागेको परराष्ट्रमन्त्री खड्काको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
चीनले ताइवानको विषयलाई लिएर नेपालको समर्थन खोजिरहेका बेला परराष्ट्रमन्त्री खड्का चीन जाने भएका हुन् । अमेरिकी सभामुख न्यान्सी पेलोसीले गत मंगलबार ताइवानको भ्रमण गरेपछि बेइजिङ र वासिङटनबीचको विवाद चुलिएको छ ।
नेपालमा अमेरिकी प्रभाव बढन प्रसय दिएको भन्दै चीन समेत वर्तमान सरकारसँग असन्तुष्ट रहेको छ ।



