चीनकी याङ हुईयानलाई उछिन्दै भारतकी सावित्री बनिन् एसियाकी सबैभन्दा धनी महिला

२०७९ श्रावण १६, सोमबार
पढ्ने समय : 2 मिनेट

साउन १६
चीनको घरबार कारोबारमा संकटले ‘कन्ट्री गार्डेन होल्डिङ्स’ को शेयरमा उलेख्य ह्रास आउँदा कम्पनीकी प्रमुख शेयरधनी याङ हुइयानको ‘एसियाको सबैभन्दा धनी महिला’को पदवी खोसिएको छ । ब्लुमबर्ग बिलियनेर्स इन्डेक्समा याङ लाई उछिनेर शुक्रबारदेखि भारतकी सावित्री जिन्दल एसियाकी सबैभन्दा धनी महिला बनेकी छन् ।

जिन्दलको सम्पतिमा बढोत्तरी भएको ले यो हैसियत बनाएकी होइनन् कि याङको सम्पति ह्वात्तै घटेपछि दोस्रो स्थानकी जिन्दल पहिलो बनेकी हुन् । जनवरी सम्म २३.७ अर्ब डलरकी मालिक याङको सम्पति ६ महिनामा झण्डै आधाले घटेर ११ अर्ब डलर बनेको छ ।
याङलाई जिन्दलले मात्र होइन उनकै देशकी धनाढ्य फ्यान होङ्वेइ ले उछिनेकी छन् । योसँगै लामो समय एसियाको सबैभन्दा धनी रहेकी याङ सो सूचीको तेस्रो स्थानमा पुगेकी छन् । रासायनिक फाइबर कम्पनी हेन्ग्ली पेट्रोकेमिकल की अध्यक्ष तथा सिइयो फ्यानको सम्पत्ति जिन्दलभन्दा केही कम ११.३ अर्ब डलर रहेको ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सले जनाएको छ ।
सन् २००५ मा उनका पति तथा ओपी जिन्दलका संस्थापक को हेलिकप्टर दुर्घटनामा मृत्यु भएदेखि सावित्री जिन्दल समूहको अध्यक्ष छिन् । ११.३ अर्ब डलरकी धनी रहेकी सावित्रीको कम्पनी धातु तथा ऊर्जा उत्पादन लगायतका उद्योगहरूमा संलग्न छ ।

जिन्दाल समूह भारतमा स्टिलको तेस्रो ठूलो उत्पादक हो जो सिमेन्ट निर्माण, ऊर्जा र पूर्वाधार विकासमा पनि संलग्न छ । ७२ वर्षीय जिन्दल एसियाको सबैभन्दा धनाढ्य हुनुअघि भारतकी सबैभन्दा धनी महिला र समग्रमा देशको १० औं धनी व्यक्ति हुन् ।

पछिल्ला वर्षहरुमा जिन्दलको कुल सम्पत्तिमा निकै उतारचढाव आएको देखिएको छ । कोभिड–१९ महामारीको सुरु तिर सन् २०२० अप्रिलमा उनको कुल सम्पति ३.२ अर्ब डलरमा झरेको थियो । सन् २०२२ अप्रिलमा रुसले युक्रेनमा आक्रमण गरेपछि उपभोग्य बस्तुको मूल्य बढ्न थाल्दा उनको सम्पति १५.६ बिलियन डलरसम्म पुगेको थियो ।स्रोत ः ब्लूमवर्ग

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय