श्रीलङ्काका पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

२०७९ असार ३२, शनिबार
पढ्ने समय : < 1 मिनेट

असार ३२
श्रीलङ्काको सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजपाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
बासिल राजापाक्षेले केही दिनअघि श्रीलङ्का छाडेर जाने प्रयास गर्नुभएको थियो तर विमानस्थलका कर्मचारीले उहाँलाई विमानसम्म जान दिएका थिएनन् । त्यसपछि श्रीलङ्काको सर्वाेच्च अदालतले दुवै नेतालाई जुलाई २८ सम्म देश छाडेर जान प्रतिबन्ध लगाएको हो ।

यसअघि श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर सिङ्गापुर पुगिसक्नुभएको छ । उहाँले सिङ्गापुरबाटै इमेलको माध्यमबाट राजीनामा दिनुभएको छ ।

सिङ्गापुर सरकारले गोटाबाया राजापाक्षे त्यहाँ आइपुगेपछि लागेको आरोपहरूको खण्डन गर्नका लागि स्पष्टीकरण नै जारी गरेको छ । राजापाक्षेलाई कुनै राजनीतिक शरण दिएको नभइ उनी व्यक्तिगत भ्रमणका क्रममा त्यहाँ आइपुगेका जनाएको छ ।

यसैबीच श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । अन्तरिम राष्ट्रपति पदको शपथ लिँदै रनिल विक्रमासिङ्घेले दुई वटा महत्त्वपूर्ण घोषणा गर्नुभएको छ । राष्ट्रपतिलाई सम्बोधन गर्न ‘महामहिम’ शब्द निषेधित गरेको र राष्ट्रपतिको झण्डा हटाउने निर्णय गरेको उहाँले विज्ञप्तिमा भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय