नेपालमा सीधा उडानपछि महामारीको पुनरागमन प्रति सतर्क रहन चीनको आग्रह

२०७९ असार २४, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

असार २४,
नेपाल–चीन सीधा हवाई उडान सुरू भएपछि चीनले नेपालमा रहने आफ्ना नागरिकलाई महामारीप्रति सतर्क रहन सचेत गराएको छ। चीनले नेपालसँग आवतजावत बढाउन खुनमिङ र छङ्तुबाट काठमाडौंका लागि सीधा हवाई उडान संचालनमा ल्याएका बेला फेरि महामारी पुनरागमनको चिन्ता बढेको हो।

गत जुलाइ ६ तारिख विश्व स्वास्थ्य संगठनले विश्वव्यापी कोभिड १९ महामारीको पछिल्लो साप्ताहिक प्रतिवेदनमा ओमिक्रोन बीए.४ बारे सतर्क रहन चेतावनी दिएको थियो। हाल ओमिक्रोन बीए.४ नेपालमा प्रवेश गरिसकेको छ।
नेपालबाट चीनतर्फ यात्रा गर्नुअघि र बाटोमा पनि सावधानी अपनाउन, यात्रा पूर्वस्वास्थ्य व्यवस्थापन गर्न र भीडभाड तथा अन्य गतिविधिमा सहभागी नहुन सूचनामार्फत् आग्रह गरिएको छ।

चाइना न्युज अनलाइनका अनुसार पछिल्लो समय नेपालमा पनि नयाँ संक्रमितको संख्या बढ्दै गएको भनेर काठमाडौंस्थित चिनियाँ दूतावासले वि च्याट खातामार्फत् सचेत गराएको हो। दूतावासले आफ्ना नागरिकलाई महामारी रोकथामबारे सचेतना बढाउन र कोरोनाको नयाँ लहर फैलिनबाट रोक्नको लागि व्यक्तिगत सुरक्षाका लागि अरुसँग न नजिकिने, भीडभाडमा नबस्ने र निकट सम्पर्क नराख्ने जस्ता तीनवटा सूत्र अघि सारेको छ।

अत्यावश्यक नभएसम्म यात्रा नगर्न भन्दै दूतावासले यात्राको क्रममा यात्रा भर मास्क लगाउन, सुरक्षात्मक पन्जा वा कपडा लगाउन र विमानस्थलमा खाना नखान पनि ध्यानाकर्षण गराएको चिनियाँ संचारमाध्यमहरूले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय