चीनले चन्द्रमा नै कब्जा गर्न चाहेको नासाको आरोप

२०७९ असार २१, मंगलवार
पढ्ने समय : < 1 मिनेट

असार २१

अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र नासाका प्रमुखले चीनले चन्द्रमा नै कब्जा गर्न चाहेको आरोप लगाएका छन् ।
नासाका प्रमुख बिल नेलसनले चीनले चन्द्रमामा आफ्नो सेना उतार्न लागेको र आगामी दिनमा उसले चन्द्रमा मेरो हो भनेर दाबी गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन।्

चीनको अन्तरिक्ष कार्यक्रम एक सैन्य अभियान रहेको र त्यसका लागि अन्य मुलुकको प्रविधि र योजना चोरेको उनको आरोप छ ।

यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनको अन्तरिक्ष कार्यक्रम सामान्य रहेको प्रतिक्रिया दिएका छन् ।

अमेरिकाले चीनलाई बदनाम गराउने प्रयत्न मात्र गरेको उनको भनाइ छ ।

चीनले सन् २०१३ मा पहिलोपटक चन्द्रमामा आफ्नो मानवरहित रकेट अवतरण गरेको थियो । चीनले सन् २०३० सम्ममा पहिलो मानव मिसन चन्द्रमामा अवतरण गराउने तयारी गरेको छ ।

त्यस्तै नासाले सन् २०२५ सम्म चन्द्रमाको दक्षिणी ध्रुवमा मानव मिसन अवतरण गराउने योजना बनाइरहेको छ ।

China’s national flag is seen unfurled from the Chang’e-5 spacecraft on the moon, in this panoramic handout image provided by China National Space Administration (CNSA) December 4, 2020. CNSA/Handout via REUTERS ATTENTION EDITORS – THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. NO RESALES. NO ARCHIVES.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय