रोटरी क्लब अफ भैरहवा द्धारा निर्मित बेलहिया मावि को गेट हस्तान्तरण

२०७९ असार १४, मंगलवार
पढ्ने समय : 2 मिनेट

भैरहवा असार १४
रोटरी क्लब अफ भैरहवा ले निर्माण गरिदिएको बेलहिया माविको गेट तथा कम्पाउन्ड वाल विधालय लाई हस्तान्तरण गरिएको छ ।

क्लबले एक कार्यक्रमको आयोजना गरी विद्यालय को जिर्ण अवस्था मा रहेको गेट तथा कम्पाउन्ड वाल लाई निर्माण गरी हस्तान्तरण गरेको हो ।

क्लबका अध्यक्ष चक्रमणी आचार्य को अध्यक्षता तथा रोटरी डिष्ट्रिक्ट गर्भनर नोमिनी राजेन्द्र ध्वजु को प्रमुख आतिथ्यतामा भएको हस्तान्तरण कार्यक्रम मा बोल्दै ध्वजु ले स्थापना को छोटो समय मै समाज मा प्रभाव पार्ने कार्य क्लब ले गरेको भन्दै विधालय मा गरेका हरेक गतिविधीको दस्ताबेज तयार गर्नु पर्ने बताउनु भयो ।

ध्वजु ले रोटरी को अभियान शिक्षा रहेको ले क्लब ले विधालय मा गरेको सहयोग लाई विधालय ले पनि अपनत्व दिनु पर्ने बताउनु भयो ।
सो अवसरमा विधालय का सहायक प्रधानध्यापक विजेश कार्की ले रोटरी क्लब अफ भैरहवा ले आफनो विधालय लाई विभिन्न समय मा सहयोग गर्दे आएको ले राम्रो अभिभावक पाएको महशुस भएको बताउनु भयो ।
कार्की ले क्लब ले गरेको सहयोग लाई व्यवस्थित गराउने प्रतिबद्धता व्यक्त गर्दे आगामी दिन मा पनि सहयोग का लागी आग्रह गर्नु भएको छ ।
कार्यक्रम सयोजक राम प्रसाद पन्थी ले विधालय लाई क्लब ले एडप्ट गरेको ले विधालय को माग अनुसार सहयोग गर्दे आएको बताउनु भयो ।
सयोजक पन्थी ले क्लब ले एडप्ट गर्दा विधालय को अवस्था दयनिय रहेको बताउदै बिधालय को भवन मा रेलिङ्ग निर्माण, शौचालय निर्माण तथा कम्प्युटर लगायत सामाग्री प्रदान गरिएको बताउनु भयो । सयोजक पन्थी ले विधालय को माग अनुसार आगामी दिन मा पनि सहयोग गर्दे जाने प्रतिबद्धता व्यक्त गर्नु भयो । उक्त गेट तथा कम्पाउन्ड वाल क्लब का सदस्यहरु को आर्थिक सहयोग मा १ लाख ५० हजार मा निर्माण गरिएको को पन्थी ले जानकारी दिनु भयो ।
कमल कोइराला को सचालन मा सम्पन्न कार्यक्रम मा क्लब का सस्थापक अध्यक्ष राज कुमार गुप्ता, प्रेसिडेन्ट ईलेक्ट पवन पौडेल, पुर्व अध्यक्ष संजिव शर्मा रेग्मी,समाजसेवी गंगा पराजुली लगायत क्लब का सदस्यहरु को सहभागिता रहेको थियो ।
२०२९ साल मा स्थापना भएको सो विधालयमा कक्षा १० सम्म पढाइ हुने गरेको छ । विधालयमा अहिले ५ सय बढी विधार्थीहरु रहेको विधालय ले जनाएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय