असार २,
भारतीय प्रशासनको सहयोगमा टेलिकम सञ्चालक नेपाल टेलिकमले रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्र दार्चुलाको छाङरुमा फोरजी सेवा सञ्चालनमा ल्याउन सफल भएको छ । छाङरुमा फोरजी सेवा सञ्चालनमा ल्याउन नेपालको भित्री बाटो नभएका कारण भारतीय बाटो प्रयोग गरि फोरजी सेवा सञ्चालनमा ल्याउन सफलता मिलेको हो ।
छाङरु पुग्नका लागि नेपाली भुभागबाट बाटोको सुविधा नभएका कारण नेपाल टेलिकमले भारतीय जिल्ला धार्चुलाको स्थानीय प्रशासनसित समन्वय गरि भारतीय बाटो मागेपछि भारतीय प्रशासनले उपलब्ध गराएको बाटो प्रयोग गरि टेलिकमले सामानहरू लैजान सफल भएको हो ।
टेलिकम लाइ आवश्यक पर्ने सबै सामानहरू भारतीय भूमिबाट लगिएको थियो । टेलिकमको ति सबै सामान गन्तव्यसम्म लैजानका लागि भारतीय प्रशासनले टेलिकमलाइ बाटोको सुविधा उपलब्ध गराएपछि काम सहज भएको हो ।



भारतीय स्थानीय प्रशासनले बिना रोकटोक नेपाली सामान नेपालबाट भारत र भारतबाट फेरी नेपालको दार्चुला लैजानका लागि बाटो उपलब्ध गराएपछि टावर निर्माण कार्यमा सहजता महशुस गरिएको हो ।
टेलिकमले छाङरुमा फोर जी नेटवर्क सुरु गर्ने काम पनि गरिरहेको छ। यो जब सुरु हुन्छ, धेरै वरपरका क्षेत्रहरूलाई फाइदा हुनेछ।
भारत सग सिमा विवाद रहेको क्षेत्र मा टेलिकम लाइ आवश्यक पर्ने सबै सामानहरू भारतीय भूमिबाट सहज रुपमा लैजानका लागी भारतीय प्रसासन ले सहयोग गरेको थियो ।
अब कालापानी, कुटी, गुन्जी, नाभी आदिमा नेपाली दूरसञ्चार सेवाको पहुँच हुनेछ । यी नेपालका लागि रणनीतिक रूपमा महत्वपूर्ण र अति संवेदनशील क्षेत्र हुन् ।
हालैका महिनाहरूमा एनटीसीले आफ्नो टेलिकम सेवालाई तीव्रता दिएको छ। दुर्गम क्षेत्रले पहिलो पटक टेलिकम सेवा सुरु गरेको देख्न थालेका छन् । कम्पनीले भ्वाइस र ब्रोडब्यान्ड सेवाका लागि क्रमशः २जी र फोरजी स्थापना गरेको छ । यस वर्ष पछि, एनटीसीले परीक्षणको लागि फाइभ जी सुरु गर्न सक्नेछ।
नेपालले मोबाइल कम्युनिकेसनमा फड्को मार्दा पनि धेरै हासिल गर्न बाँकी छ । अझै पनि दुर्गम क्षेत्रका धेरै क्षेत्रमा प्रत्यक्ष दूरसञ्चार सेवा छैन । चुनौती भनेको हार्डवेयर सेट अप गर्नु र नियमित मर्मत सम्भार मार्फत दिगो राख्नु हो।



