डेढ वर्षमा १० लाखलाई रोजगारी दिने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

२०७९ जेष्ठ ३१, मंगलवार
पढ्ने समय : < 1 मिनेट

जेठ ३१,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० लाख रोजगारीको घोषणा गरेका छन् । प्रधानमन्त्रीको कार्यालयबाट जारी एक ट्वीटमा भनिएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदीले सबै विभाग र मन्त्रालयहरूमा मानव संसाधनको समीक्षा गर्नुभयो र आगामी डेढ वर्षमा मिशन अन्तर्गत १० लाख मानिसहरूलाई नियुक्त गर्न आदेश दिनुभयो।“
यता सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमीको तथ्यांक अनुसार भारतमा अप्रिलमा बेरोजगारी दरमा वृद्धि भएको छ । मार्चमा बेरोजगारी दर ७.६० प्रतिशत थियो, जुन अप्रिलमा बढेर ७.८३ प्रतिशत पुगेको छ । सहरी क्षेत्रमा बेरोजगारी दर मार्चमा ८.२८ प्रतिशत बाट बढेर ९.२२ प्रतिशत पुगेको छ। अप्रिलमा ग्रामीण क्षेत्रमा भने बेरोजगारी दर घटेको छ। मार्चमा ७.२९ प्रतिशत थियो, जुन अप्रिलमा ७.१८ प्रतिशतमा झरेको छ ।

धार्मिक, सार्वजनिक गुनासो तथा निवृत्तिभरण मन्त्रालयका राज्यमन्त्री डा जितेन्द्र सिंहले संसदमा मार्च १, २०२० सम्म ८,७२,२४३ अर्थात् केन्द्रीय सरकारका विभागहरूमा करिब पौने नौ लाख पदहरू रिक्त रहेको जानकारी दिएका थिए। एक प्रश्नको लिखित जवाफमा उनले ०१ मार्च २०१९ सम्म ९,१०,१५३ र ०१ मार्च २०१८ सम्म ६,८३,८२३ पद रिक्त रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय