हामीलाई चीन समर्थक नभन्न ताइवानी विपक्षी दल का नेता को आग्रह

२०७९ जेष्ठ २५, बुधबार
पढ्ने समय : 2 मिनेट

जेठ २५

ताइवानको प्रमुख प्रतिपक्षी दल कुओमिन्ताङ (केएमटी)लाई चीन समर्थक भन्नु गलत भएको पार्टीका अध्यक्ष एरिक चुले बताएका छन् ।

वाशिंगटनमा बोल्दै अध्यक्ष एरिक चुले कुओमिन्ताङ सधैँ अमेरिका समर्थक भएको र बेइजिङसँग कुरा गरेर टापुको रक्षा गर्न समर्पित रहेको बताएका छन् ।

कुओमिन्ताङ कम्युनिष्टहरूसँग गृहयुद्ध हारेपछि सन् १९४९ मा ताइवानमा आएर बसेको थियो । त्यसअघि चीनमा कुओमिन्ताङले शासन गरेको थियो । यसले परम्परागत रूपमा बेइजिङसँग घनिष्ठ सम्बन्धलाई समर्थन गरेको छ, । यसरी निरङ्कुश चीनसँग थोरै समानता महसुस गर्ने विषय अधिकांश ताइवानीहरूका लागि झन्झटिलो बनेको छ ।

कुओमिन्ताङले २०२० मा राष्ट्रपति र संसदीय चुनावमा नराम्ररी हारको सामना गरेको थियो । सत्तारुढ प्रजातान्त्रिक प्रगतिशील पार्टीले कुओमिन्ताङले ताइवान चीनलाई बेच्छ भन्ने आरोपको हल्ला फैलाएपछि यसले हार व्यवहोर्न परेको थियो ।

वाशिंगटनको भ्रमणको क्रममा सोमबार ब्रुकिङ्स इन्स्टिच्युटमा बोल्दै कुओमिन्ताङका अध्यक्ष एरिक चुले उनीहरूलाई चीन समर्थक भनेर बोलाउनेहरूको निन्दा गरेका छन् ।

‘हामीलाई केही व्यक्तिहरूले गलत लेबल लगाएका छन्, । केही मिडियाले हामी चीन समर्थक पार्टी हौँ भन्छन् –यो पूर्णतया गलत हो। हामी सधैँभरि अमेरिका समर्थक पार्टी हौँ,’ उनले अङ्ग्रेजीमा बोल्दै भने। गत सेप्टेम्बरमा पार्टीको भाग्यलाई पुनर्जीवित गर्ने वाचामा आफ्नो वर्तमान भूमिका ग्रहण गरेका चुले ताइवानसँग बलियो प्रतिरक्षा हुनु आवश्यक रहेको बताएका छन् ।
‘यदि तपाईँ शान्ति चाहनुहुन्छ भने, तपाईँले युद्धको लागि तयार हुनुपर्छ। शान्ति र स्थिरताको लागि आत्मरक्षा नम्बर एक हो।,’ कुओमिन्ताङका अध्यक्ष चुले अघि भनेका छन्, ‘ताइवानमा प्रजातन्त्र हुन सक्छ, चीनमा किन कुनै दिन हुन सक्दैन ? हामीले यो हुनको लागि कुर्नु पर्छ, तर हामीलाई ताइवान मोडेलको रूपमा चाहिन्छ।’

२०१६ को राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति साई इंग वेनसँग पराजित भएका चू २०२४ मा हुने अर्को राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवार हुन् । यद्यपि, उनले अहिले नै उम्मेदवारी घोषणा भने गरेका छैनन् ।

उनले स्थायित्व सुनिश्चित गर्न ताइवानलाई आफ्नो क्षेत्र दाबी गर्ने चीनसँग संलग्नता राखेको बताएका छन् । बेइजिङले विगतका दुई वर्षयता ताइवान नजिक आफ्नो सैन्य गतिविधि बढाएको छ ।

वर्तमान राष्ट्रपति साईले कुओमिन्ताङले बेइजिङसँग वार्ता चाहेको तर, ताइवानका जनताले मात्र आफ्नो भविष्यको निर्णय गर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय