भैरहवा असार १३
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा शिलान्यास गरिएको छ ।
भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री खड्गराज अधिकारी -गणेश) पौडेलको उपस्थितिमा विशेष धार्मिक विधिअनुसार गुम्बा निर्माणको शुभारम्भ गरेका हुन् ।शिलान्यास कार्यक्रममा भुटानी लामागुरुहरूले धार्मिक अनुष्ठान गर्दै भूमि पूजन गर्नुभएको थियो । गुम्बा निर्माणलाई भुटान र नेपालबीचको सांस्कृतिक, धार्मिक तथा कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।भुटान सरकारको गृह मन्त्रालयअन्तर्गत संस्कृति तथा जोङ्खा विकास विभागकी महानिर्देशक म्याक्सुद ओजीले लुम्बिनीमा भुटानी मन्दिर निर्माण सुरु हुनु भुटानका लागि अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको बताए । उनले भने, …लुम्बिनी परिसरमा नयाँ भुटानी मन्दिर निर्माण कार्य सुरु गर्नका लागि भूमि देवीको आशीर्वाद लिन हामी यहाँ उपस्थित भएका छौँ । यो परियोजनाले भुटानी बौद्ध परम्परा र संस्कृतिलाई बुद्धको जन्मभूमिसँग जोड्नेछ ।Ú
भुटान सरकार र लुम्बिनी विकास कोषबीच गतवर्ष गुम्बा निर्माणसम्बन्धी समझदारीपत्र -एमओयू) मा हस्ताक्षर भएको थियो । उक्त सम्झौताअनुसार चालु वर्षभित्रै परियोजना सुरु गर्ने प्रतिबद्धता कार्यान्वयन गर्दै निर्माण प्रक्रिया अघि बढाइएको उनले बताए ।
परियोजनाको पहिलो चरणअन्तर्गत गुम्बा परिसरको सीमा पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ भने अब मुख्य मन्दिर निर्माणको काम सुरु गरिएको छ । भुटान सरकारले आगामी दुई वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको ओजीले बताए ।
प्रस्तावित गुम्बामा भुटानको मौलिक वास्तुकला, धार्मिक कला तथा सांस्कृतिक विशेषतालाई समेटिने बताइएको छ । भुटानी शैलीका संरचना, प्रार्थना कक्ष, सांस्कृतिक प्रदर्शनी क्षेत्र तथा धार्मिक गतिविधिका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछन् ।
महानिर्देशक ओजीका अनुसार गुम्बा निर्माण सम्पन्न भएपछि लुम्बिनी भ्रमणमा आउने विश्वभरका बौद्ध तीर्थयात्री तथा पर्यटकहरूले भुटानी संस्कृति, कला र आध्यात्मिक परम्पराको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।
…एक बौद्ध राष्ट्रका रूपमा हामी हाम्रो विशिष्ट वास्तुकला र बुद्धप्रतिको श्रद्धालाई यहाँ प्रस्तुत गर्न चाहन्छौंÚ, उनले भने, …यसले लुम्बिनीलाई अझ अन्तरराष्ट्रिय र बहुसांस्कृतिक बौद्ध केन्द्रका रूपमा स्थापित गर्न मद्दत पु¥याउनेछ।
गुम्बा शिलान्याससँगै नेपाल र भुटानका उच्च सरकारी प्रतिनिधिबीच लुम्बिनीमा द्विपक्षीय भेटवार्ता पनि सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल र भुटानका गृहमन्त्री ल्योन्पे छिरिङबीच भएको छलफलमा पर्यटन, सांस्कृतिक आदानप्रदान तथा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहेर विचार विमर्श भएको थियो ।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानीन राईका अनुसार वार्ताका क्रममा नेपालले दुई महत्त्वपूर्ण प्रस्ताव भुटानी पक्षसमक्ष राखेको थियो । मन्त्री पौडेलले भुटानको पारो अन्तरराष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कोषका निमित्त सदस्य सचिव राईका नेपाली पक्षले पारो–लुम्बिनी–बोधगया धार्मिक पर्यटन सर्किट विकास गर्न सके दक्षिण एशियाली बौद्ध पर्यटनमा नयाँ सम्भावना सिर्जना हुने धारणा राखेको थियो । हाल भुटानको राष्ट्रिय ध्वजावाहक ड्रक एअरले पारो–काठमाडौँ उडान सञ्चालन गर्दै आएको सन्दर्भमा लुम्बिनीलाई अन्तरराष्ट्रिय बौद्ध गन्तव्यका रूपमा प्रत्यक्ष हवाई सञ्जालमा जोड्नुपर्ने आवश्यकता नेपाली पक्षले औँल्याएको थियो ।



भुटानले विदेशी पर्यटकहरूमाथि लागू गर्दै आएको दिगो विकास शुल्क -एसडीएफ) सम्बन्धी थियो । हाल नेपाली नागरिकहरूले पनि भुटान भ्रमण गर्दा प्रतिव्यक्ति प्रतिदिन १०० अमेरिकी डलर बराबरको शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ ।
भुटानका गृहमन्त्री ल्योन्पे छिरिङले नेपालले उठाएका विषयहरूलाई सकारात्मक रूपमा लिइएको बताउँदै आवश्यक सरकारी तहमा थप छलफल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले लुम्बिनीमा भुटानी गुम्बा निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराएको जग्गा तथा सहयोगप्रति भुटान सरकारको तर्फबाट आभार व्यक्त गरे ।
द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट लुम्बिनी क्षेत्रबाट निर्वाचित सांसद तौफिक अहमद खाँन र रूपन्देही–४ बाट निर्वाचित सांसद कन्हैया बनियाको सहभागीता रहेको थियो । यसै गरि भुटानका तर्फबाट नेपालका लागि भुटानका राजदूत मेजर जनरल भेत्सोप नामग्येल, भुटान सरकारका गृह सचिव लगायतको सहभागिता रहेको थियो ।



