जेठ २२,
चीनले आफ्नो तेस्रो युद्धक विमान बोक्ने समून्द्री वाहन छिटोमा यही महिनाबाट चलाउन सुरु गर्ने योजना बनाएको छ । यो युद्धक विमान वाहक सञ्चालनमा आएपछि बेइजिङलाई पूर्वी र दक्षिण चीन सागरमा निरन्तर सैन्य उपस्थिति कायम गर्न र यस क्षेत्रमा अमेरिकी प्रभावलाई कम गर्न सहज हुनेछ ।
तटीय प्रान्तहरुको नाममा वाहकहरूको नामकरण गर्ने परम्पराअनुसार यसको नामक जियाङ्सु नामकरण हुनसक्ने अनुमान गरिएको छ । यो युद्धपोत चीनको दोस्रो देशभित्रै निर्माण गरिएको युद्धक विमान वाहक वाहन हो ।
परीक्षण यसै महिना सुरु भएपनि यो सन् २०२४ मा मात्र काममा परिचालन हुनेछ । साथै यसको निर्माणपछि चीन अमेरिकापछि संसारको सबैभन्दा ठूलो विमानवाहक जहाज भएको देश हुनेछ । चीनसँग अहिले लियाओनिङ र शान्दोङ नामका दुई युद्धकविमान वाहक जहाज छन् ।
म्याक्सर टेक्नोलोजीले खिचेको भूउपग्रहीय तस्बिरले जहाज निर्माण भइरहेको शिपयार्डमा केही परिवर्तन भएको देखाएको छ । ती परिवर्तनले जहाज आगामी हप्ता वा केही दिनमा पनि चल्न सक्ने संकेत गरेको छ ।
‘यो जहाजको परीक्षण शुभारम्भले चिनियाँ सेनाको आधुनिकीकरणको प्रयास र देशको बढ्दो सैन्य शक्तिलाई प्रतिबिम्बित गर्छ,’ रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रले एक रिपोर्टमा भनेको छ ।
यो युद्धक विमानवाहक पनि चीनको पहिलो इलेक्ट्रोम्याग्नेटिक क्याटापल्टबाट सुसज्जित छ । यो प्रणालीले सिमित डेक क्षेत्र प्रयोग गरेर जहाजहरू छिटो छिटो प्रक्षेपण गर्नसक्छ । र अन्य धेरै वाहनको लागि धेरै ठाउँ दिन्छ, जसले जहाजको स्ट्राइक क्षमता बढाइदिन्छ ।



विद्युत चुम्बकीय क्याटापल्टहरू हाल नयाँ अमेरिकी आणविक–सञ्चालित वाहनमा मात्र प्रयोग गरिएको पाइन्छ । तिनीहरूलाई सञ्चालन गर्न परिष्कृत प्रविधि चाहिन्छ र समय समयमा बिग्रिने खतरा हुन्छ ।
चीनसँग तीनवटै विमान वाहक जहाज सञ्चालनमा आएपछि चीनको रणनीतिक विकल्प उल्लेखनीय रूपमा विस्तार हुनेछ । त्यसपछि उसले एउटा जहाज मिसनमा खटाउन सक्छ, अर्कोलाई तालिममा राखेर तेस्रोलाई मर्मत सम्भारका लागि राख्नसक्छ । त्यसपछि चीनले पनडुब्बी समेतको प्रयोग गरेर एक क्यारियर स्ट्राइक समूह धेरै क्षेत्रहरूमा तैनाथ गर्न सक्छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानमा सम्भावित सैन्य हमलाका लागि विमान वाहकहरूलाई महत्वपूर्ण ठान्छन् । सैन्य विज्ञहरुका अनुसार पूर्वबाट ताइवानमाथि आक्रमण गर्न चीनले प्रशान्त महासागरमा युद्धक विमान वाहक जहाज तैनाथ गर्न सक्नेछ ।
ताइवानले चीनबाट हुनसक्ने सम्भावित आक्रमणबाट आफ्ना सेनाहरु बचाउन टापुको मध्य पहाडी शृङ्खलाको पूर्वमा तैनाथ गर्ने गरेको मानिन्छ । विमान वाहक वाहन भएपछि चीनले टापुको पूर्वलाई पनि आफ्नो लक्षमा पार्न सक्छ । यस्तोमा तेस्रो युद्धकविमान वाहक जहाज प्रयोगमा आएपछि ताइवान दबाबमा पर्नेछ ।–निक्के एसियाबाट



