एक चीन नीतिमा नेपाल प्रतिबद्ध, चिनियाँ बैंक शाखा स्थापनामा जोड

२०८३ बैशाख १०, बिहीबार
पढ्ने समय : < 1 मिनेट

 

बैशाख १०

अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाली भूमिबाट कुनैपनि छिमेकीविरुद्ध कुनैपनि खालका गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौंस्थित चिनियाँ राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपालको सामाजिक–आर्थिक विकासमा चीन सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले चीनसँगको दिगो सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई भूपरिवेष्टितबाट भूजडित तुल्याउन चीनबाट भएको सहयोगको सराहना गर्दै अर्थमन्त्री मन्त्री वाग्लेले चीनले हासिल गरेको विकासबाट नेपाल सिक्न आतुर रहेको बताए।
उनले चिनियाँ सहयोगमा निर्मित राजधानीको चक्रपथ, केरुङ–काठमाडौँ सडक स्तरोन्नती तथा रेलमार्गको सम्भाव्यता अध्ययन, मदन भण्डारी विश्वविद्यालय, निजामती अस्पताललगायत मुलुकको भौतिक पूर्वाधारमा प्राप्त सहयोग अतुलनीय रहेको उल्लेख गरे । उनले भने, ‘नेपालमा चिनियाँ बैंक स्थापना, कृषि, पर्यटन लगायत पारस्परिक लाभका क्षेत्रमा अझ घनीभूत साझेदारीका निम्ति चिनियाँ पक्षसँग छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय