जयशंकरले उठाए नेपालसँग उत्तरपूर्वी भारतको कनेक्टिभिटीको विषय

२०७९ जेष्ठ १७, मंगलवार
पढ्ने समय : < 1 मिनेट

जेठ १७
एजेन्सी
भारतका विदेशमन्त्री एस जयशंकरले उत्तरपूर्वी सीमा क्षेत्रमा पूर्वाधार विकास र कनेक्टिभिटीलाई प्राथमिकतामा राखेर कार्य भइरहेको बताएका छन् । आसाममा आयोजित नदी थ्री एशिएन कन्फ्लुएन्स रिभर कन्क्लेभमा बोल्दै उनले विकास भइरहेको क्षेत्रीय अर्थतन्त्रको साझेदारीमा बङ्गलादेश मात्र नभई नेपाल र भुटान पनि संलग्न रहेको बताएका छन् ।

जयशंकरले सिक्किमबाट नेपालसँग चिवा भञ्ज्याङ सीमा निर्माणधीन अवस्थामा रहेको उल्लेख गर्दै यसलाई भारतको सीमा क्षेत्रको विकास कार्यक्रम अन्तर्गतको भनेका छन् । उक्त निर्माण सम्पन्न भएपछि सिक्किमको नेपालको पूर्व पश्चिम राजमार्गसँग पहुँच बन्न गई दुवै देशको व्यापार र पर्यटन बढ्ने बताएका छन ।

बङ्गलादेशसँग भारतको कनेक्टिभिटी बढाएर म्यानमारबाट भियतनाम र फिलिपिन्ससँगको पहुँच सजिलो बनाएर व्यापार वृद्धिको विषय पनि जयशंकरले उठाएका छन् । उनले अन्तरसीमा विद्युत ट्रान्समिसन लाइनको पूर्वाधार विकासले थप विद्युत आपूर्ति हुने बताएका छन् ।

बङ्गलादेशमा विद्युतको माग बढिरहेको र नेपालमा भारतका जलविद्युत कम्पनीहरुले विद्युत परियोजनाहरु धमाधम बनाइरहेको सन्दर्भमा जयशंकरको भनाई आउनुलाई अर्थपूर्ण मानिएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय