फागुन २१ गते हुने चुनावका लागि भारतले ५३८ वटा गाडी दिने

२०८२ माघ १, बुधबार
पढ्ने समय : < 1 मिनेट

 

पुस ३०

भारतले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ५३८ वटा गाडी दिने भएको छ।
निर्वाचन आयोगका अनुसार भारतले ५३८ मध्ये ३०० वटा गाडी प्रहरीलाई दिनेछ। बाँकी २३८ वटा भने विभिन्न सरकारी निकायलाई दिन लागेको हो। २०७९ सालको निर्वाचनमा भारतले निर्वाचन आयोगलाई ८० वटा गाडी दिएको थियो।
‘माघको दोस्रो साता (जनवरी अन्तिम) भित्र सबै गाडी आइसक्ने जानकारी प्राप्त भएको छ’, आयोग ले भन्यो, ‘निर्वाचनको सुरक्षाका लागि पनि गाडी आउनु महत्वपूर्ण छ।’ भारतले दिनेमध्ये सय वटा गाडी विशेष प्रकारका हुने बताइएको छ।
नेपालको निर्वाचनका लागि युरोपेली मुलुकहरूले भने संयुक्त राष्ट्रसंघीय निकाय मार्फत् सहयोग गर्ने जानकारी दिएका छन्।जापानले सिधै आर्थिक सहायता गर्ने भएको छ।
निर्वाचनका लागि अर्थ मन्त्रालयले चीन सरकारलाई पनि सहयोग माग गर्दै पत्र लेखेको थियो। तर चीनका तर्फबाट कुनै पनि जबाफ प्राप्त नभएकोे जनाइएको छ।

सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगलाई ६ अर्ब ७४ करोड बजेट स्वीकृत गरेको छ। त्यस्तै नेपाल प्रहरीलाई ७ अर्ब १३ करोड, सशस्त्र प्रहरी बलका लागि ८० करोड ८४ लाख र अन्य शीर्षकमा २ अर्ब ४० करोड छुट्याएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय