‘कार्तिक ६
सभामुख देवराज घिमिरेले छिमेकी मित्रराष्ट्र चीनले हासिल गरेको राजनीतिक स्थिरतासँगैको चमत्कारिक आर्थिक र सामाजिक विकास नेपाल र नेपालीका लागि ठूलो शिक्षा भएको बताउनुभएको छ । सञ्चारकर्मी चेतनाथ आचार्यद्वारा लिखित ‘चिनियाँ दृष्टिकोण’ पुस्तक लोकार्पण कार्यक्रममा उहाँले चीनको दीर्घकालीन विकास मोडेल नेपालका लागि उपयोगी हुने उल्लेख गर्नुभएको छ ।नेपाल निरन्तर राजनीतिक अस्थिरतातर्फ र चीन निरन्तर समृद्धिमा अग्रसर भएको सन्दर्भ जोड्दै सभामुख घिमिरेले भन्नुभयो, ‘सही विषयमा सिक्न सकेको भए देशको अवस्था आज फरक हुनेथियो ।’
कार्यक्रममा पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्याल, प्रा. डा. युवराज सङ्ग्रौला र चिनियाँ प्रोफेसर चाङ युए ‘वर्षा’ले पुस्तकको समीक्षा गर्दै जनमुखी राजनीति, जनमुखी प्रशासन र जनमुखी विकासको चर्चा गरेका हुन् ।
पुस्तकका लेखक आचार्यको चीनको नीतिगत दृष्टिकोणबारे विश्वमा चासो बढ्दै गएको सन्दर्भमा छिमेकी नेपालले पनि यस्ता सफल उदाहरणको सुक्ष्म अध्ययन, त्यसको कार्यान्यवनबाट लाभ लिनुपर्ने धारणा छ ।









