कात्तिक २७
दुई देशबीच रेल सम्पर्क विस्तार गर्ने सम्बन्धमा नेपाल र भारतबीच सम्झौता भएको छ ।भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र भारतीय समकक्षी पियुष गोयलबीचको बैठकमा यस्तो सम्झौता भएको हो । बैठकले नेपाल र भारतबीच पारवहन सन्धिका प्रावधान संशोधन गरेको छ ।नयाँ संशोधन अनुसार अब कोलकाता÷विशाखापटनमबाट विराटनगर–जोगमनीसम्म र कोलकाता÷विशाखापटनमबाट नौतनवा (सुनौली) सम्म रेलमार्ग मार्फत र त्यहाँबाट भैरहवासम्म सडकमार्ग प्रयोग गरी सबै किसिमका कार्गो ढुवानी गर्न पाउने गरी सन्धिका प्रावधान संशोधन गर्न ‘लेटर अफ एक्स्चेन्ज’ आदान प्रदान गरिएको हो ।
यसअघि दुवै नाकाबाट चार वटा बल्क सामानमात्र ढुवानी गर्न पाउने प्रावधान थियो। पारवहन सन्धिका प्रावधानमा भएको संशोधनले अब सबै किसिमका कार्गो ढुवानी गर्न सकिने भएको छ ।यसबाट नेपालको पारवहन लागत र समयमा कमी आई व्यापार सहजीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार मन्त्री सिन्हाले ३०औं ‘पार्टनरसिप समिट २०२५’ मा सहभागी हुन भारतको विशाखापटनम जाने क्रममा नयाँदिल्लीमा समकक्षीसँग भेटघाट गरेका हुन्।
भेटमा नेपाल र भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास र लगानी प्रवद्र्धनका विषयमा छलफल भएको छ ।
सोही अवसरमा मन्त्री सिन्हाले व्यापार तथा पारवहन सहजीकरण गर्न ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) प्रमाणीकरण प्रक्रिया सरलीकरण र द्विपक्षीय व्यापार र पारवहन व्यवस्थामा थप सुधार एवं सहजीकरण गर्ने सन्दर्भमा छलफलमा रहेका विषयलाई निष्कर्षमा पु¥याउन जोड दिए ।
भारतको ‘छिमेकी पहिला नीति’ को प्रशंसा गर्दै उनले उक्त नीति अनुसार द्विपक्षीय व्यापार र पारवहन व्यवस्थामा सुधारका साथै लगानी प्रवद्र्धनका लागि दुवै देशले समन्वय र सहकार्य अझ उन्नत बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
त्यस्तै भारतीय वाणिज्य तथा उद्योगमन्त्री गोयलले नेपाललाई विशेष प्राथमिकतामा राखेको बताए । छलफल क्रममा रहेका तथा संशोधन गर्न बाँकी अन्य विषय यथाशीघ्र टुंगोमा पु¥याउन आवश्यक रहेको उनले उल्लेख गरे ।यसका लागि उनले दुवै देशका सरोकारवाला पदाधिकारीको ध्यानाकर्षण समेत गराएका छन् । उनले त्यसका लागि सम्बन्धित द्विपक्षीय संरचना चलायमान र सक्रिय बनाउन समेत निर्देशन दिए ।









