एजेन्सी,
जेठ १६
चीनमा अप्रिल महिनामा मात्र ११ हजार ३५१ लाई अनुशासनको कारबाही भएको छ । सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको शुद्धिकरणका लागि भन्दै आठ बुँदे नियम सन् २०१२ मा लागू गरिए अनुसार त्यसको उल्लंघन गरेको आरोपमा उनीहरुमाथि कारबाही भएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको मासिक वक्तव्य उदृत गर्दै सिन्ह्वाले कारबाहीमा परेकाहरु ७ हजार ४४१ विभिन्न विषयमा संलग्न रहेको जानकारी दिएको छ । ७ हजार ६०३ जनालाई सीसीपीले अनुशासनको कारबाही गरेको हो । अन्यलाई विभिन्न विषयमा संलग्न भन्दै कारबाही भएको उल्लेख छ ।



सन् २०१२ मा सीसीपीले ८ बुँदे नियम सार्वजनिक गरी कारबाही थालेको हो । चिनियाँ कम्युनिस्ट पार्टीभित्रका शक्तिशाली नेताहरु पनि विगतमा कारबाहीमा परेका थिए। । जसमध्ये वर्तमान राष्ट्रपति सी चिनफिङका प्रतिष्पर्धी पनि परेका थिए ।



