काठमाडौंमा ‘सिल्क रोड इकोज’ चित्रकला प्रदर्शनी

२०८२ श्रावण १९, आईतवार
पढ्ने समय : < 1 मिनेट

साउन १८

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा ‘सिल्क रोड इकोज, आर्ट युनाइट्स हाट्र्स’ शीर्षकको चित्रकला प्रदर्शनी काठमाडौंमा शुरू भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आयोजित उद्घाटन समारोहमा नेपाली तथा चिनियाँ प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो ।
शनिबारदेखि साउन मसान्तसम्म हुने प्रदर्शनीले नेपाल–चीन सांस्कृतिक आदानप्रदानको आकर्षणलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले कला र संस्कृति आपसी समझदारी र मित्रताको सेतु हुने बताएका छन् ।
प्रदर्शनीमा समावेश नेपाली र चिनियाँ कलाकारहरूका उत्कृष्ट सिर्जनाले दुई देशबीचको ऐतिहासिक सम्बन्ध र ‘सिल्क रोड’ को सांस्कृतिक भावनालाई प्रतिबिम्बित गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय