स्कुलमा सिधै चिनियाँ परियोजना सांसद शुक्लाले उठाए राज्य संरचनामाथि प्रश्न

२०८२ असार १९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

असार १९
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता तथा सांसद सर्वेन्द्रनाथ शुक्लाले मधेश प्रदेशका विद्यालयमा चिनियाँ दूतावासको सहयोगमा गरिएको खानेपानी वितरणप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले यो कार्यले नेपालको राज्यसंयन्त्रको कमजोरी प्रकट भएको टिप्पणी गरेका छन्।


धनुषास्थित केही विद्यालयमा हालै चिनियाँ दूतावासको सहकार्यमा “स्वच्छ पानी अभियान” नामक कार्यक्रम शुभारम्भ गरिएको थियो। कार्यक्रमले स्थानीय विद्यालय तथा समुदायमा स्वच्छ खानेपानी सुनिश्चित गरिने उद्देश्य राखेको छ। तर सांसद शुक्लाले विदेशी निकायले प्रदेश सरकारलाई छलेर विद्यालयमा सिधा वितरण गर्नु राज्यको सार्वभौम अधिकारमा हस्तक्षेप भएको बताएका छन्।
‘चीनले पानी परियोजना लिएर जानै हुँदैन भनेर म भन्दिनँ, तर प्रदेश सरकारले नै त्यो काम गर्नुपर्ने हो। विद्यालयमा सिधै गई वितरण गर्नु चिनियाँ सरकारको अधिकार क्षेत्रभित्र पर्दैन,’ उनले भने, ‘यस्ता कार्यक्रम संघीय सरकार र परराष्ट्र मन्त्रालयको अनुमति बिना गर्नु लाजमर्दो कुरा हो।’
शुक्लाले प्रदेश सरकारको संयन्त्र सक्रिय नहुनु र विदेशी निकायलाई विद्यालयसम्म सिधै जाने अनुमति दिनु आफैंमा दुःखद र आत्मगौरवविहीन अवस्था भएको बताए। उनका अनुसार विदेशी सहयोग प्रदेश वा संघीय सरकारमार्फत नै व्यवस्थापन हुनु उचित हुने थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय