जेठ ११
चीनको सहयोगमा सञ्चालित चिया परियोजना ‘जीवन्त गाउँ’ अन्तर्गत नुवाकोटमा निर्मित चिया उद्योग स्थानीय चिया सहकारीलाई हस्तान्तरण गरिएको छ ।
चाइना फाउण्डेशन फर रुरल डिभलपमेन्ट (सीएफआरडी)ले सहयोग गरेको परियोजना अन्तर्गतको उक्त उद्योग सञ्चालन र व्यवस्थापनका लागि किमताङ गाउँ चिया सहकारीलाई हस्तान्तरण गरिएको हो ।
आइतबार नेपालका लागि चीनका राजदूत चेन सङले सहकारीका अध्यक्ष सरमान तामाङलाई उक्त परियोजनाको ब्यानरको प्लेट प्रदान गरेका थिए ।
उक्त समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा, प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र श्रेष्ठ, सीएफआरडी नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर झाओ झिक्वाङ, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, नुवाकोट जिल्लाका सीडीओ शशिधर घिमिरे, प्रहरीका एसपी दुर्गा राज रेग्मीसहित करिब १०० बढी स्थानीयहरुको उपस्थिति रहेको थियो ।
हस्तान्तरणपछि चिनियाँ राजदूतसहितले चिया बगानको अवलोकन पनि गरेका थिए । उनले डोको बोकेर चिया पत्ति टिपेका समेत थिए ।
‘जीवन्त गाउँ’ अन्तर्गत चीन–दक्षिण एशिसयाली राष्ट्रहरु गरिबी निवारण तथा विकास सहकार्य केन्द्र, सीएफआरडीले उक्त क्षेत्रमा यसअघि दुईवटा कार्याशालाहरु सम्पन्न गरिसकेको छ






