चिनियाँ उच्चस्तरीय टोली भक्तपुर भ्रमणमा

२०८२ जेष्ठ ४, शनिबार
पढ्ने समय : < 1 मिनेट

जेठ ३
चिनियाँ उच्चस्तरीय पाहुना टोली भक्तपुर भ्रमणमा निस्केको छ । चिनियाँ जनकाँग्रेस स्थायी समितिका उपाध्यक्ष (उपसभामुख) सियाओ चिए सगरमाथा संवादमा सहभागी हुन आउने क्रममा १५ सदस्यीय टोलीसहित शुक्रबार राती ललितपुर दरबार स्क्वायर घुमे भने आज भक्तपुरको मूलढोका लायकुमा नेमकिपा साँसद प्रेम सुवालद्वारा स्वागत गरिएको छ । चिनियाँ राजदूत छन सोङ पनि सङ्गै रहेका छन ।
“हारती क्याफेमा चिनियाँ पाहुनाहरुलाई जुजुधौ खुवाउने र त्यसपछि भित्री नगर अवलोकनको क्रममा संगम साकोस सहकारी संस्था,भूकम्प पछिको पुनर्निर्माण र भुई तहको कम्युनिस्ट संगठन देखाउने कार्यक्रम राखिएको छ ।“
दरबार स्क्वायरको अवलोकनपछि टोली टौमढी पुगेर पाँचतले मन्दिर,भैरवनाथ मन्दिर अवलोकन गर्ने कार्यक्रम छ ।
चिनियाँ पाहुनाहरुलाई तालाको चोकमा माटाको भाँडा बनाउने कलासम्वन्धी जानकारी पनि गराइँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय