भारतीय प्रधानमन्त्री मोदी आउने भए पछि लुम्बिनी मा उच्च सुरक्षा सतर्कता

२०७९ बैशाख २९, बिहीबार
पढ्ने समय : 2 मिनेट

बैशाख २९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउने भए पछी लुम्बिनी को सुरक्षा व्यवस्था लाई कडा पारिएको छ । सुरक्षा निकाय ले मोदीको सुरक्षाका लागि उच्च सतर्कता अपनाएका छन् ।
भारतीय प्रधानमन्त्री मोदी पहिलो पटक बुद्धजन्मस्थल लुम्बिनीमा आउन लाग्नु भएको हो् ।
मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड) बुधबार नै लुम्बिनी आइसकेको नेपाली सुरक्षा निकाय ले जनाएका छन् ।

मोदी आगामी जेठ २ गते २५६६ औं बुद्धजयन्ती को अवसर पारेर लुम्बिनी आउन लाग्नु भएको हो् । लुम्बिनी विकास कोष ले मोदीको स्वागतको लागि तयारी तीव्र पारेको छ । मोदीका लागि लुम्बिनी मा ४ वटा हेलिप्याडको निर्माण अन्तिम चरणमा पुगेको छ । स्वागत द्वार लगायत का कामहरू अन्तिम चरणमा पुगेको लुम्बिनी विकास का सदस्य सचिव सानुराजा शाक्यले बताउनु भयो ।शाक्य का अनुसार मायादेवी मन्दिर परिसर रंगरोगन, अन्य ठाउँमा पनि सरसफाई, बाटो निर्माण लगायतका काम भइरहेका छन् । कोष का अनुसार लुम्बिनी मा मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।
त्यस पछि मोदी ले मायादेवी मन्दिर दर्शन र भारतीय बुद्धिस्टहरुको संस्था इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसन ले बनाउने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेरेडेसन भारत को संस्कृति तथा पर्यटन मन्त्रालय मातहत रहेको छ । एक अर्ब भारतीय रुपैयाँमा तीन वर्षभित्र बौद्ध बिहार निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । मायादेवी मन्दिर मा करिब ४० मिनेट बिशेष पूजामा सहभागी हुने र त्यहाँ केही बेर फोटोशेसन तथा अशोक स्तम्भ अगाडि दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । मोदी २५६६औं बुद्ध जयन्ती मूल समारोह मा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।
मोदी जेठ २ गते बिहान ११ बजे लुम्बिनी आउने जनाइएको छ । मोदी दिल्ली बाट कुशीनगर झरेर त्यहाँ बाट एउटा मा मोदी र अन्य तीन वटा हेलिकप्टर ले मोदीलाई स्कटिङ गरेर लुम्बिनी ल्याउने कार्यक्रम रहेको जनाइएको छ् । लुम्बिनी आएका भारतीय सुरक्षाकर्मीले बुधबार देखि नै लुम्बिनी मा नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती सुरु गरिसकेका छन् ।‘फ्रन्टलाइन मा भारतीय सुरक्षाकर्मी हुनेछन्, भित्री सुरक्षा सबै हेडक्वार्टर ले हेरेको छ, जिल्लाले बाहिरी सुरक्षा मात्र हेरेको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी उपरिक्षक रवीन्द्र रेग्मी बताउनु भयो । अहिले लुम्बिनी सहित वरिपरिका सबै क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको प्रहरी उपरिक्षक रेग्मी ले जानकारी दिनु भयो ।।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय