वर्तमान सरकार चीनको ‘बेल्ट एण्ड रोड’ प्रस्तावप्रति सकारात्मक मन्त्री गुरुङ

२०८१ आश्विन १०, बिहीबार
पढ्ने समय : 2 मिनेट

असोज १०
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार चीनको ‘बेल्ट एण्ड रोड’ प्रस्तावप्रति सकारात्मक रहेको बताएका छन ।गुरुङले नेपाल छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय समुदायबाट राष्ट्रिय हित अनुकूल हुने गरी कार्यान्वयनमा ल्याइएका विभिन्न आयोजनामा सहभागी हुँदै आएको सन्दर्भ उल्लेख गर्दै चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोडको सन्दर्भ कोट्याएका हुन।
जनगणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा साउथ एसिया नेटवर्क टेलिभिजन र नेपाल– चाइना मिडिया फोरमद्वारा राजधानीको अनुपम फुडल्याण्डमा आयोजित तेस्रो दुई देशीय सम्मेलनलाई आज सम्बोधन गर्दै मन्त्री गुरुङले चीनले नेपाललाई प्रदान गर्ने थप सहयोगका क्षेत्र आगामी दिनमा खुल्दै जाने विश्वास व्यक्त गरेका छन। र्नुभयो ।
त्यस्तै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले बिआरआई सहयोगपछि नेपाल र चीनबीच निरन्तर सहयोगका परिणामहरु प्राप्त भएको बताएकन छन । सम्मेलनलाई सम्बोधन गर्दै राजदुत सोड.ले ट्रान्स हिमालयन त्रि–आयामिक अन्तरसम्बन्ध सञ्जालले आकार ग्रहण गरिसकेको उल्लेख गरेका छन ।

राजदूत सोङले सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न २०औं महाधिवेशनको तेस्रो पूर्ण बैठकले लागू गरेका सुधारका ३ सयभन्दा धेरै उपायहरूबाट नेपाललगायत धेरै छिमेकी मुलुक लाभान्वित हुने जानकारी दिएका छन ।
चिनियाँ र नेपाली सञ्चारमाध्यम एवम् अन्तर्राष्ट्रिय विषयवस्तुमाथि छलफल गरिएको सम्मेलनमा राजदूत सोङले पछिल्लो समय दुबै मुलुकका सञ्चार माध्यमहरुले खेलेका सकारात्मक भूमिकाको सह्राहना गरेका छन।
दक्षिण एशिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै फोरमका अध्यक्ष किशोर श्रेष्ठले जनगणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको पूर्व सन्ध्या र नेपाल–चीनबीच कायम भएको कूटनीतिक सम्बन्धको ६९ औं वर्षगांठका अवसरमा आयोजित कार्यक्रमले हाम्रो सम्बन्धलाई थप प्रगाढ बनाएको उल्लेख गरेका छन । केही चुनौतीबीच नेपाल–चीन सम्बन्ध झन् प्रगाढ हुँदै गएको श्रेष्ठको भनाइ थियो ।
मिडिया सम्मेलनले दुई मुलुकबीच सञ्चार सहयोग, साझेदारी,संयोजन,मैत्रीपूर्ण तथा हार्दिकतापूर्ण सञ्चार सम्बन्ध अभिवृद्धि गर्न थप सहयोग पुर्याएको श्रेष्ठले बताएका छन।
सम्मेलनमा चिनियाँ समाचार समिति सिन्ह्वा, सिसिटिभी,तिब्बत मिडिया ग्रुपलगायत नेपालस्थित ३० भन्दा बढी चिनियाँ संस्था,उद्यम र कम्पनीहरूको सहभागिता छ । नेपालबाट राष्ट्रिय समाचार समिति,नेपाल टेलिभिजन, कान्तिपुर,जनआस्था,देशसञ्चार अनलाइनलगायत ५० भन्दा बढी नेपाली मूलधारका मिडियाको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय