बीआरआईले नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउनेछ ः अध्यक्ष दाहाल

२०८१ आश्विन ९, बुधबार
पढ्ने समय : < 1 मिनेट

असोज ९
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । काठमाडौँमा बुधबार आयोजित ‘बीआरआई ः अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै दाहालले बीआरआईले पूर्वाधार विकास, व्यापार विस्तार, र अन्तरदेशीय सम्पर्कलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन।
उनले सन् २०१७ मा नेपाल र चीनबिच बीआरआई समझदारीमा हस्ताक्षर भएको र यसले नेपाललाई ऊर्जा, सडक, रेल सम्पर्क लगायत ठुला परियोजनामा साझेदारीको अवसर प्रदान गर्ने उल्लेख गरेका छन । बीआरआईअन्तर्गत नेपालले भौतिक पूर्वाधारमा गुणस्तरीय सुधार गर्न सक्ने र अन्तर्राष्ट्रिय बजारमा नेपालको पहुँच बढाउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
दाहालले बीआरआईले नेपालमा प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्दै रोजगार सृजनामा योगदान पु¥याउने र औद्योगिक विकासलाई गति दिने बताउँदै नेपालले परियोजनाबाट व्यापार, कृषि, हाइड्रोपावर, र हस्तकलामा लाभ उठाउन सक्ने धारणा राखे । साथै, दुई देशबिचको सांस्कृतिक, शैक्षिक, पर्यटन र स्वास्थ्य क्षेत्रमा पनि सहकार्य विस्तार हुने विश्वास उनले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय