अर्थमन्त्रीले चिनियाँ उपप्रधानमन्त्रीसँग भने– पोखरा र भैरहवा विमानस्थल चलाउन सघाउनुस्

२०८१ आश्विन ९, बुधबार
पढ्ने समय : < 1 मिनेट

असोज ९
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ । भेटमा दुई देशबिचको आपसी हित र सहयोगबारे छलफल भएको छ।
अर्थमन्त्री पौडेलले चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान गर्न आग्रह गरेका छन् । भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने बताए ।
उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले केरुङ–काठमाडौं रेल निर्माण, टोखा– छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई सघाउन अनुरोध गरेका छन।
भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र काम अघि बढाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिएका छन।्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय