गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको क्वाङतोङ प्रान्तमा हवाई उडानबारे चिनियाँ अधिकारीहरुको चासो

२०८१ आश्विन ६, आईतवार
पढ्ने समय : < 1 मिनेट

असोज ६
लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको क्वाङतोङ प्रान्तमा सोझो हवाई उडानबारे चिनियाँ अधिकारीहरुले चासो देखाएका छन् । नेपाल भ्रमणमा रहेको क्वाङतोङ प्रान्तीय जनसरकारको प्रतिनिधिमण्डलले यसबारे छलफल गरेको छ ।
क्वाङतोङ प्रान्तीय जनसरकारको विदेश मामिला कार्यालयका उपमहानिर्देशक छियान् होङचे नेतृत्वको टोलीले लुम्बिनी भ्रमणको क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रताप तिवारीसँगको भेटमा उक्त चासो राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय