नेपाली सेनाको टोली अभ्यास गर्न चीन प्रस्थान

२०८१ आश्विन ४, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

 

असोज ४

नेपाली सेनाको टोली संयुक्त अभ्यासका गर्न चीन प्रस्थान गरेको छ। शुक्रबार दिउँसो चीनमा हुने संयुक्त अभ्यासका लागि टोली प्रस्थान गरेको हो।

चिनियाँ सेना र नेपाली सेनाबिच ‘एक्ससाइज सगरमाथा फ्रेण्डसिप’ सञ्चालन हुँदै आएको थियो। तर यो अभ्यास कोभिडका कारण रोकिएको थियो।
कोभिडपछि सञ्चालन हुन नसकेको अभ्यास यसैवर्षदेखि सञ्चालन हुन लागेको हो।
भोलि असोज ५ गतेदेखी १५ गतेसम्म अभ्यास सञ्चालन हुनेछ।

यसअघि नेपाली सेना र अमेरिकी सेनाबिच पनि संयुक्त अभ्यास भएको छ। उक्त अभ्यास भने नेपालमै भएको हो। अमेरिकी सेनासँग संयुक्त अभ्यास गरेको अर्को साता चीनमा पनि नेपाली सेनाले संयुक्त अभ्यास गर्न लागेको हो।
यो अभ्यास पालैपालो नेपालमा र चीनमा हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय