अस्ट्रिया पुगेर मोदीले भने– भारतले विश्वलाई बुद्ध दियो, युद्ध होइन

२०८१ असार २८, बिहीबार
पढ्ने समय : < 1 मिनेट

असार २७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युरोपेली राष्ट्र अस्ट्रिया पुगेर भारतले विश्वलाई शान्तिका दूत बुद्ध दिएको बताएका छन् । अस्ट्रियाको भियनामा भारतीय समुदायमाझ उनले विश्वलाई भारतले बुद्ध दिएको जिकिर गरेका हुन् ।
सम्बोधनका क्रममा मोदीले भने, “हजारौँ वर्षदेखि हामी आफ्नो ज्ञान र विशेषज्ञता बाँड्दै आएका छौँ । हामीले ‘युद्ध’ दिएनौँ, हामीले विश्वलाई ‘बुद्ध’ दिएका छौँ । भारतले सधैँ शान्ति र समृद्धि दिएको छ ।”
यसैकारण भारत पछिल्ला दिन शक्तिशाली बन्दै गएको उनको भनाइ थियो ।
भारतीय प्रधानमन्त्री मोदी रुस र अस्ट्रियाको तीनदिने भ्रमण सम्पन्न गरी बिहीबार बिहान स्वदेश फर्किएका छन् । उनी रुस हुँदै अस्ट्रिया गएका थिए । उनको रुस भ्रमणलाई लिएर पश्चिमी राष्ट्रहरूले आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय