चीनका वरिष्ठ न्यायाधीश भेटघाटमा व्यस्त

२०८१ असार ४, सोमबार
पढ्ने समय : < 1 मिनेट

असार ३

पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको सर्वोच्च अदालतका न्यायाधीश लिउ कुइसियाङ नेपाल भ्रमणमा आएका छन्। उनी नेपालको सर्वोच्च अदालका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको निमन्त्रणामा आइतबार राती नेपाल आएका हुन्।
न्यायाधीश लिउ कुइसियाङ चीनको सर्वोच्च अदालका वरिष्ठ न्यायाधीशमध्येका हुन्। उनी नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वोच्च अदालतका रजिष्ट्रार बिमल पौडेल, नेपालका लागि चिनियाँ राजदूत छन सोड.लगायतले स्वागत गरेका थिए।
सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीश लिउ कुइसियाङले आज (सोमबार) नेपालको सर्वोच्च अदालतका न्यायाधीशहरुसँग छलफल गरेका छन्। उनले भोलि (मंगलबार) कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरीलाई भेट्ने समय तालिका छ।
कानुन मन्त्रीसँगको भेटपछि चिनियाँ न्यायाधीश स्वदेश फर्कने छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय