बेइजिङ पुगेर पाकिस्तानी प्रधानमन्त्रीले भने ‘बीआरआई मुलुकको विकासका लागि अपरिहार्य’

२०८१ जेष्ठ २६, शनिबार
पढ्ने समय : < 1 मिनेट

जेठ २६

चिनियाँ राष्ट्रपति सी चिनफिङ र पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफबीच बेइजिङमा भेटवार्ता भएको छ । हिजो भएको भेटवार्तामा पाकिस्तानी प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मुलुकको विकासका लागि अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री सरिफले बेल्ट एन्ड रोड इनिसिएटिभमा पाकिस्तानको पूर्ण समर्थन रहेको बताउँदै भने, ‘चीन र पाकिस्तानबीचको सम्बन्ध सदैव गाढा रहन्छ। पाकिस्तान एक चीन नीतिको पक्षमा छ ।’
प्रत्युत्तरमा चिनियाँ राष्ट्रपति सिले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र आतंकवादविरुद्ध लडेकोमा सराहना गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय