२४ घण्टामा गौतम अदानीले कमाए २६ खर्ब ४० अर्ब भारतीय रुपैया

२०८१ जेष्ठ १०, बिहीबार
पढ्ने समय : < 1 मिनेट

जेठ १०
भारतीय खर्बपति व्यापारी गौतम अदानीले एकै दिनमा २६ खर्ब ४० अर्ब भारु कमाएका छन् । मंगलबार भारतीय शेयर बजारमा कमी देखिएको भए पनि अदानीको व्यापारिक समूह अदानी गु्रपका कम्पनीको शेयर मूल्यमा भने तीव्र वृद्धि देखिएको थियो । शेयरमा देखिएको व्यापक वृद्धिसँगै अदानीले एकै दिनमा ३ अर्ब १७ करोड डलर अर्थात् २६ खर्ब ४० लाख भारु कमाए ।

योसँगै मंगलबारको कारोबारमा विश्वका सबैभन्दा धनी १५ व्यापारीहरूमाझ अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पछि अदानी सबैभन्दा धेरै कमाउने व्यवसायी थिए । २४ घण्टामा एलन मस्कको सम्पत्ति ८ अर्ब ३३ करोड डलर अर्थात् ६९ खर्ब ३० अर्ब भारुले बढेको थियो । योसँगै मस्कको नेटवर्थ बढेर १ खर्ब ९६ अर्ब डलरमाथि पुगेको छ ।

पछिल्लो २४ घण्टामा भएको वृद्धिपछि भने अदानीको नेटवर्थ १ खर्ब ४ अर्ब डलरमा उक्लिएको छ । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको अर्बपतिको ‘रियलटाइम’ सूचिमा अदानी १४ औं स्थानमा छन् । मंगलबार शेयर बजारमा सूचिकृत अदानी गु्रपको १९ मध्ये ९ कम्पनीको शेयरमा उच्च वृद्धि देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय