लुम्बिनीका नगरपालिकाहरूसित मितेरी सम्बन्ध राख्न सिचुआनको देयाङ नगरसँग मुख्यमन्त्री आचार्यको प्रस्ताव

२०८१ कार्तिक २९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

 

दाङ कार्तिक २९
चीनको सिचुआन प्रदेशको औपचारिक भ्रमणमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासँग मितेरी सम्बन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव राखेका छन् । देयाङ नगरको अवलोकन भ्रमणमा पुगेका मुख्यमन्त्री आचार्यले नगरका कार्यकारी उपप्रमुख लि च्याङ्ग पो लाई लुम्बिनी भ्रमणका लागि निम्तो समेत दिए ।

यसका साथै सो नगर र लुम्बिनी प्रदेशका नगरपालिकाहरुबीचमा मितेरी सम्बन्ध कायम गरेर अघि बढ्ने बारेमा समेत प्रस्ताव राखेको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकिय सचिव कुशल भुसालले जानकारी दिए । ‘सिचुआन प्रदेशमा रहेको देयाङ नगरको अवलोकन भ्रमणपपछि भएको छलफलमा मुख्यमन्त्रीज्यूले लुम्बिनी भ्रमण गर्न निमन्त्रणा गर्नु भयो भने प्रदेशका नगरपालिकाहरुसँग मितेरी सम्बन्ध कायम गर्ने बारेमा पनि प्रस्ताव राख्नु भएको छ’, स्वकिय सचिव भुसालले भने, ‘मितेरी सम्वन्ध कायम गरेर अनुभव र सहयोग आदानप्रदान गर्ने बारे सकारात्मक छलफलहरु भएका छन् ।’
देयाङ औद्योगिक सहर हो । जहाँ ठूला कम्पनीहरु प्रमुख रुपमा सञ्चालनमा छन् । देयाङ नगरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा औपचारिक छलफल कार्यक्रम समेत राखेको थियो । जुन कार्यक्रममा युरोप, मध्यपूर्व, एसिया, दक्षिण एसिया लगायतका मुलुकका प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका स्थानीय तहसँग मितेरी सम्वन्ध कायम गर्ने प्रस्ताव अघि सार्दै प्रदेश सरकारले त्यसमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । छिमेकी देश चीनको सिचुआन प्रदेशमा आयोजना गरिएको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसहित ७ सदस्य प्रतिनिधि मण्डल गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय