एअर अरेबियाको विमानबाट काठमाडौँ ओर्लिएका १ चिनिया र २ म्यानमार का नागरिक झन्डै ६ किलो सुनसहित पक्राउ

२०८१ कार्तिक २१, बुधबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक २१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्।
एअर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्मारका नागरिकलाई मंगलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक जिआनजोङ तथा म्यानमारका सत नाइङ र एई फु छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच ) गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पकिरमा ५ केजी ७ सय ग्राम सुन बरामद भएको हो।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय