प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्रीले पठाए भ्रमणको औपचारिक निम्तो

२०८१ कार्तिक २१, बुधबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक २१
प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको औपचारिक निम्तो प्राप्त भएको छ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले मंगलबार चिनियाँ प्रधानमन्त्री छ्याङको तर्फबाट प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको औपचारिक निम्तो प्रदान गरेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, मंगलबार अपरान्ह राजदूत छनले परराष्ट्र सचिव सेवा लम्साल मार्फत प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए।
चिनियाँ पक्षले यसअघि नै भ्रमणका लागि १७–२१ मंसिर (२–६ डिसेम्बर) को मिति प्रस्ताव गरेको थियो। औपचारिक निम्तोपत्र प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले सोही मितिमा हुने गरी भ्रमणको तयारी सुरु गरेको छ।

निम्तो अनुसार भ्रमण भएमा यो ओलीको प्रधानमन्त्रीका रूपमा तेस्रो चीन भ्रमण हुनेछ। २०७२ मा पहिलोपटक र २०७४ मा दोस्रोपटक प्रधानमन्त्री बनेका बेला ओलीले उत्तरी छिमेक भ्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय