भैरहवा कार्तिक २३
रुपन्देहीको सियारी गाउँपालिकाको आयोजनामा अध्यक्ष कप दोश्रो रनिङ्ग शिल्ड फुटवल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगितामा सियारी गाउँपालिका भित्रका ८ बटा टिमको सहभागिता रहेको छ । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले रिफ्रिलाई गोल हस्तान्त्रण गरेर प्रतियोगिताको सुभारम्भ गरेका छन् ।
कार्तिक २६ गतेसम्म हुने प्रतियोगिताको प्रथम टिमले १ लाख १ हजार रुपैया नगद, शिल्ड तथा प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले ५१ हजार रुपैपा प्राप्त गर्ने पालिकाका खेलकुद बिकास समिती संयोजक गोपाल ज्ञवालीले जानकारी दिए ।
प्रतियोगिताको पहिलो दिन बडा नम्बर १ को हाटि अमुवा युथ क्लव र वडा नम्बर ३ विच तथा वडा नम्बर ५ र वडा नम्बर ७ को राईजिङ युवा क्लव वीच प्रतिस्पर्धा भएको छ।



प्रतियोगिताको पहिलो खेलमा हाटि अमुवा युवा क्लव विजयी भएको छ । हाटि अमुवाले ७ गोल हानेको थियो । वडा नम्बर ३ ले १ गोल मात्र हान्न सफल भएको कार्यक्रम सञ्चालक ईन्द्र प्रसाद तिवारीले जानकारी दिए ।
प्रतियोगिताको पहिलो खेलका म्यान अफ द म्याच हाटि अमुवाकै १३ नम्बरका जर्सी सन्दिप पासी घोषित भएका छन् ।
प्रतियोगिता अन्तरगत शनिवार वडा नम्बर ६ को एनडिटिवाईसी वी र वडा नम्बर ७ को अमुवा युथ क्लव वीच हुने छ ।



