कराचीमा बम विस्फोट हुदा मारिए दुई चिनिया नागरिक, टार्गेटमा चिनका इन्जिनियर र उच्च अधिकारी

२०८१ आश्विन २१, सोमबार
पढ्ने समय : < 1 मिनेट

असोज २१
कराँचीमा बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिक मारिएका छन् । सोमबार कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिक बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिक मारिएको र कम्तिमा १० जना घाइते भएको बिबिसीले जनाएको छ ।

पाकिस्तानस्थित चिनियाँ दूतावासले घटनामा केही स्थानीय समेत मारिएको हुनसक्ने जनाएको छ । दूतावासले उक्त आक्रमणलाई आतंकवादी हमला भनेको छ । बम विस्फोट भएको स्थाननजिक चिनियाँ इन्जिनियरहरू एउटा पावर प्रोजेक्टमा काम गरिरहेको र ’आतंककारी’ हरूले उनीहरूलाई निशाना बनाएको दूतावासको दाबी छ ।

पृथकतावादी बलोचिस्तान लिबरेसन आर्मीले विस्फोटको जिम्मा लिएको छ ।

सोमबार विज्ञप्ति जारी गरी बिएलएले चिनियाँ इन्जिनियर र उच्च अधिकारीहरूलाई लक्षित गरी आक्रमण गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय