उद्योग व्यापार संगठन रुपन्देहीको १७ औं साधारण सभा भदौ १ मा

२०८१ श्रावण २३, बुधबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा साउन २३
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीको १७ औं वार्षिक साधारण सभा २०८१ भदौ १ गते शनिबार हुने भएको छ । साउन ५ गतेको नियमित बैठकको निर्णय अनुसार संगठनको १७ औं वार्षिक साधारण सभा भदौ १ गते हुने अध्यक्ष दर्पण श्रेष्ठले बताए ।
साधारण सभा बिहान ८ बजेदेखि सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको सभाहलमा सुरु हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । साधारण सभामा सहभागी हुन संगठनमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई उनले आग्रह गरेका छन ।
साधारण सभामा अध्यक्ष, महासचिवको प्रतिवेदन, लेखापरीक्षण तथा कोषाध्यक्षको प्रतिवेदन, विधान संशोधनलगायत प्रस्तावमा छलफल हुने संगठनकी महासचिव लक्ष्मी अधिकारीले जानकारी दिइन् ।
संगठनले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु समेत गर्दै आएको वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय