भैरहवा साउन १३
अरुण ज्ञवाली
उमेरले ३६ काटेकी देवदह ८ की खिमा थापा मगर अहिले संसारको सबै भन्दा गाह्रो भाषा भनेर चिनिने चिनियाँ भाषा अध्ययनमा हिजो आज निकै व्यस्त छिन। घरको काम सकेर उनी देवदह ८ मा रहेको लुम्बिनी बौद्ध विश्व विधालयमा संचालित चिनियाँ भाषा पढन पुग्छीन।




खिमा सगै घरको सबै काम सकेर विमल श्रीस, लिला राना पनि चिनियाँ भाषा पढन विश्व विधालय पुग्छीन। पछील्लो समय रुपन्देहीको देवदह नगर पालिका ८ मा रहेको बौद्ध विश्व विधालयमा चिनियाँहरुको चहल पहल बढे सगै त्यस क्षेत्रका स्थानियबासी पनि चिन सरकारले नै संचालन गरेको चिनियाँ भाषा सिक्नमा व्यस्त भएका छन। गौतम बुद्धको मावली गाउँ देवदहमा अहिले चिनले अरबौको लगानीमा विश्व विधालयको संरचना निर्माण सगै चिनियाँहरुको चहल पहल निकै बढेको छ। ”अहिले देवदहमा चिनियाँहरु निकै आउन थालेका छन त्यहाका अगुवा गोविन्द बहादुर खत्री भन्छन” चिनियाँहरु अंग्रेजी भाषा पनि नजान्ने भएकाले चिनियाँ भाषा सिक्न थालेका छौ” अहिले त्यहाँ संचालित चिनियाँ भाषा कक्षामा १३ जना भन्दा बढी स्थानियले चिनियाँ भाषा सिकिरहेका छन। भाषा सिक्न निकै गाह्रो भए पनि चिनियाँहरु देवदह आउन थाले पछी भाषा सिक्न जरुरी रहेको विमल श्रीस बताउछीन ।

उनले भाषा सिकेको प्रत्येक महिनाको १ हजार रुपैयाँ तिर्ने गरेको बताइन। चिन जस्तो शक्ति संम्पन्न देशले नेपाली भाषालाई महत्व दिदै आफनो चिनियाँ भाषा लाई नेपालका ग्रामिण भेग सम्म पुराउदैछ भन्ने कुरामा धेरै लाई विश्वास नै लाग्दैन। नेपाल सग चिनको भुगोल जोडिएको छ। पुरानो सम्बन्ध छ। चिन सग कुटनैतिक सम्बन्ध छ। साथै व्यापारिक र पछिल्लो पटक पारिवारिक सम्बन्ध पनि जोडिदै गएको छ। भाषा सम्बन्ध सुत्रको अहिले अनिवार्य माध्यम हो । चिनले विदेशी भाषालाई महत्व दिएर पढाउनुको मुख्य प्रयोजन आफुलाई चाहिने जनशक्ति आफनै भाषामा उत्पादन गर्नु हो। नेपालमा चिनियाँ पर्यटकको बढदो उपस्थिती, चिन सगको व्यापार र अध्ययनका लागी नेपाली विधार्थी चिन जाने क्रम बढे सगै चिनियाँ पनि नेपालमा चिनियाँ भाषा सिकाउन निकै अगाडी बढेका छन। यसको ज्वलन्त उदाहरण हो देवदहमा चिनियाँ भाषा कक्षा संचालन। संयुक्त राष्ट्रसघमा बोलिने विभिन्न भाषा मध्ये चिनियाँ भाषा पनि एक हो तर संसारमा सबै भन्दा अप्ठेरो भाषा पनि चिनियाँ भाषा नै भएको विज्ञहरु बताउछन। नेपाल स्थित चिनियाँ दुतावास लगायत अन्य चिनियाँ संघ,सस्थाले चिनियाँ भाषा अध्ययनका लागी स्वयमसेवक को व्यवस्था गर्ने गरेको पाइएको छ। ती स्वयमसेवक लाई दैनिक कक्षा,तालिका,खाना,बासको व्यवस्था समेत दुतावासले गर्दे आएको बताइन्छ।



