भारतको सहयोगमा मुस्ताङमा विद्यालयको छात्रावास भवन निर्माणको शिलान्यास

२०८१ असार १८, सोमबार
पढ्ने समय : 2 मिनेट

असार १७
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नर्बु गुरुङले संयुक्त रुपमा लोवो न्इफुग नामद्रोल नोर्बुलिङ मोनास्टिक विद्यालयको छात्रावास भवन निर्माणको शिलान्यास गरेका छन् । ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत ४१.४० रुपैया मिलियनको परियोजना लागतमा भारत सरकारको आर्थिक सहयोगमा उक्त छात्रावास निर्माण हुन लागेको हो । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, मठ विद्यालय व्यवस्थापनका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।


नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान यस विहार विद्यालयको लागि अन्य सुविधासहित दुई तलाको छात्रावास भवन निर्माण गर्न प्रयोग भइरहेको छ। यो आयोजना भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना एचआईसीडीपी) ) को रूपमा लिइएको हो। यो आयोजना मुस्ताङको लोमान्थाङ गाउँपालिका मार्फत कार्यान्वयनमा आएको हो । यो परियोजना नेपाल र भारतबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण हो ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष तथा लोवो न्इफुग नामद्रोल नोर्बुलिङ मोनास्टिक स्कुलका अध्यक्ष तथा राजनीतिक प्रतिनिधिले भारत सरकारको प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानमा निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।
नयाँ भवनले मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोउ न्इफुग नामद्रोल नोर्बुलिङ मोनास्टिक स्कुलका विद्यार्थीहरूलाई राम्रो शिक्षा र आवास सुविधा उपलब्ध गराउन उपयोगी हुनेछ र यसले सिकाइको वातावरण सिर्जना गर्नुका साथै शिक्षाको विकासमा योगदान पु¥याउने छ । धार्मिक हेरचाह र यस क्षेत्रमा आफ्नो संस्कृति र परम्परा संरक्षण गर्न मद्दत गर्ने छ।
२००३ देखि, भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५५१ एचआईसीडीपी)हरू लिएको छ र ४९० परियोजनाहरू पूरा गरेको छ। त्यसमध्ये मुस्ताङका १७ आयोजनासहित गण्डकी प्रदेशमा विभिन्न क्षेत्रमा ५९ आयोजना छन् । यी बाहेक भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १ सय ९ एम्बुलेन्स र ३ सय स्कुल बस उपहार दिएको छ । त्यसमध्ये गण्डकी प्रदेशमा १ सय १९ एम्बुलेन्स र ४० वटा स्कुल बस, मुस्ताङ जिल्लामा ११ एम्बुलेन्स र ५ वटा स्कुल बस उपलब्ध गराइएको छ ।
घनिष्ठ छिमेकीको रूपमा, भारत र नेपालले व्यापक र बहु–क्षेत्रीय सहयोग साझा गर्छन्। एचआईसीडीपीहरूको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विस्तार गर्दै आफ्ना जनताको उत्थानमा नेपाल सरकारको प्रयासहरूलाई बलियो बनाउन भारत सरकारको निरन्तर समर्थनलाई झल्काउँछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय