बेइजिङ नजिकै एमाले र चिनियाँ नेताबीच अनुशासनबारे सल्लाह

२०८१ असार १७, आईतवार
पढ्ने समय : < 1 मिनेट

असार १६,
नेकपा एमालेका उपमहासचिव विष्णुु रिमाल नेतृत्वको ३० सदस्यीय टोली चीनको राजधानी नजिकैको हपेइ प्रान्त पुगेको छ ।

टोली उक्त प्रान्तमा निर्माण गरिएको उदाहरणीय र नमूना शहरको उद्घाटनमा सहभागी भएको बताइएको छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तोमा गत मंगलबार राति १० दिने भ्रमणमा गएको टोलीले ऐतिहासिक क्षेत्र सिवाईपो र ताईवाङजुङ्ग भिलेज अवलोकन गरेको छ । टोली सिवाइपोस्थित सिपिसीको सिवाइपो क्षेत्रको स्थानीय पार्टी कमिटीले आयोजना गरेको समीक्षा कार्यक्रममा सहभागी भएको र त्यहाँ पार्टी अनुशासनका बारेमा कार्यपत्र प्रस्तुत गरेर छलफल गरिएको थियो ।

कार्यक्रममा टोली नेता उपमहासचिव विष्णु रिमाल, पोलिटव्यूरो सदस्य सुजिता शाक्य र स्थानीय सरकारको तर्फबाट श्रीप्रसाद श्रेष्ठले छुट्टाछुट्टै तीनवटा कार्यपत्र प्रस्तुत गरेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट हपेई प्रान्तीय विदेश विभागका उप प्रमुख देङ्ग लि र स्थानीय पार्टी सचिव लि छुईले चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासनबारे कार्यपत्र पेश गरेका थिए ।
त्यसपछि स्थानीय शहरका उपमेयरले रात्रिभोजको आयोजना गरे । यसअघि प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हाईयानसँग सिंहान शहरमा गत बुधबार शिष्टाचार भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय