चीनले अलपत्र पारेको चक्रपथ विस्तारका लागि कांग्रेस सांसद प्रदीप पौडेलको दबाब यात्रा

२०८१ असार १६, शनिबार
पढ्ने समय : < 1 मिनेट

असार १५
नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले चक्रपथ (रिङरोड) को दोस्रो खण्ड कलंकी–धोबीखोला विस्तारका लागि दबाब यात्रा गरेका छन्।
सडक विस्तार तत्काल अघि बढाउनुपर्ने मागसहित पौडेलको नेतृत्वमा शनिबार बिहान सामूहिक दबाब यात्रा सुरु भएको हो। दबाब यात्रामा साथ दिन काठमाडौंका सांसद सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, केन्द्रीय सदस्य नानू बास्तोलासहित सहभागी थिए।

सांसद पौडेलले सडक समयमै नबनेकोले यस क्षेत्रका जनता पीडित भएको बताए। ‘पानी परेका बेला हिलाम्मे र घाम लागेका बेला धुलोले स्थानीय बासिन्दालाई सास्ती दिएको छ,’ उनले भने, ‘अब बर्खा लाग्यो, रिङरोडमा खेत रोपिदिए हुन्छ हिलाम्मे छ।’
पौडेलसहित कांग्रेस र रास्वपाका सांसदहरूले प्रतिनिधि सभामा यसअघि रिङरोडको यो खण्ड तत्काल निर्माण अघि बढाउन माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्तावसमेत छलफलका लागि दर्ता गरेका थिए।

रिङरोडको कलंकी–धोबीखोला खण्ड चिनियाँ लगानीमा बनाउने भने पनि अन्यौलमा छ। सांसदहरूले चीनले नबनाउने हो भने आफ्नै स्रोतबाट नेपाल सरकारले यो सडक बनाउनुपर्ने बताइरहेका छन्।

कलंकी–धोबीखोला करिब १३ किमी सडक विस्तार गर्ने भने पनि काम अघि बढ्न सकेको छैन। सडक छेउका रूख कटान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय