सांसद बजगाईँको गुनासो– बीपी कोइरालाको गुन बिर्सेर चीनले कांग्रेसलाई उपेक्षा गरेको छ

२०८१ असार १४, बिहीबार
पढ्ने समय : < 1 मिनेट

असार १३
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले चीनले नेपाली कांग्रेसलाई नजरअन्दाज गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै कांग्रेस सांसद बजगाईँले बीपी कोइरालाले चीनलाई राष्ट्रसंघको सदस्य बनाउन खेलेको भूमिका समेत भुलेको टिप्पणी गरे ।
सांसद बजगाईँले भने– जब जब कांग्रेस किनारामा जान्छ वा प्रतिपक्षमा हुन्छ त्यही बेला बीआरआईलाई आक्रामकरुपमा प्रस्तुत गरिएको छ । चीनप्रति हाम्रो गुनासो छ, बीपी कोइरालाले चीनलाई संयुक्त राष्ट्रसंघको सदस्य बनाउन प्रस्ताव गर्नुभएकोमा त्यसलाई चीनले मूलरुपमा भुलेको छ र नेपाली कांग्रेसलाई नजरअन्दाज गरेको छ । बीपी कोइरालाले अन्तर्राष्ट्रिय क्षितिजमा परिचित गराउन हेनरी किसिन्जरको भन्दा ठूलो भूमिका खेल्नुभएको छ,त्यो गुन भुल्न हुँदैन ।

चीनले पन्चायतकालमा दक्षिणपन्थीलाई उपयोग गरेको र पछिल्लो समय नेकपा एकता गराएको भन्दै उनले कांग्रेसप्रति चीन सकारात्मक नरहेको बताए । बजगाईँले बीआरआईका बारेमा भएको समझदारी पत्र संसदमा उपलब्ध गराउन माग गर्दै अनुदानबाहेक ऋण लिन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय