चिनियाँ ठेकदारका ४ वटा गाडी प्रहरीको नियन्त्रणमा

२०८१ असार ४, सोमबार
पढ्ने समय : < 1 मिनेट

असार ३

पुर्वी नवलपरासीको कावासोतीबाट चिनीयाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनका ४ वटा सवारी साधनलाइ नेपाल प्रहरीले असार १ गते नियन्त्रणमा लिएको छ ।

कावासोती नगरपालिका वडा नं. १६ स्थित केरूंगे खोलाबाट नदीजन्य पदार्थ अनधिकृत रूपमा निकासी गर्न लागेको भन्दै नेपाल प्रहरीले नियन्त्रणामा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

शनिवार बिहान ११ बजेतिर खोलामा उत्खनन गर्दैगर्दा कावासोतीबाट खटीएको प्रहरीले ति सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । नारायणगढदेखि बुटवलसम्मको १ सय १५ किलोमिटर सडकखण्डको काम गर्दै आएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनको ३ वटा टिप्पर र एउटा जेसीबी नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सवारी साधनहरू लु १ अ.यो. ३२, लु १ अ.यो. २६ र ना ६ ख ६७३५ नं. का ३ वटा टिपर र बा ३ क ८०२६ न.को जेसीबी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कावासोतीका सूचना अधिकारी डीएसपी बेद बहादुर पौडेलले नियन्त्रणमा लिइएका ती सबै सवारी साधनहरू हिजो बिदा परेकोले आज आइतवार कावासोती नगरपालिकालाइ बुझाउने तयारी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय